Quantcast
Channel: Entertainment – Sajha Post
Viewing all articles
Browse latest Browse all 3084

स‌ंसारलाई हसाउँने चार्ली च्याप्लिनको यस्तो छ अनौठो र पीडादायी जीवन कहानी

$
0
0

एजेन्सी, ३ असोज । २० औँ शताब्दीका मनोरञ्जनकर्ता भएपनि अहिलेसम्म सर्वाधिक चर्चित कलाकार हुन्, चार्ली च्याप्लिन ।  चार्लीको वास्तविक नाम चार्ली स्पेन्स च्याप्लीन हो । मौन शताब्दीमा जन्मेर पनि कलाकारितको क्षेत्रमा उनले जति योगदान सायद नै कसैले गरेका छन् । लन्डनमा जन्मिएका चार्लीको पर्दा अगाडिको प्रस्तुतिको त सबैले मज्जा लिएका छन् तर उनको वास्तविक जीवनका भोगाइ र अन्य यथार्थका बारेमा चाहीँ धेरै मानिस अज्ञात छन् ।

ममता घिमिरे

जन्मदिनको रहस्य
चार्ली च्याप्लिनले आफ्नो जीवनभरको करिअरमा हिट्लरकै भूमिकाले सबैभन्दा धेरै चर्चा बटुलेका थिए । तर यो एउटा आश्चर्यको कुरा हो कि उनको र हिटलरको जन्म समेत एउटै वर्ष र महिनामा भएको थियो । १८८९ अप्रिल १६ मा जन्मिएका उनी एडोल्फ हिटलरभन्दा जम्मा ४ दिनले मात्र जेठा थिए । चार्ली च्याप्लिनले पनि आफ्नो आधा जीवन हिटलरको अभिनय गरेरै बिताएका थिए ।

दुःखद बाल्यकाल
चार्ली च्याप्लिन सात वर्षको उमेरदेखि श्रमिक बन्नु परेको थियो । उनकी आमा रोगी थिइन् । चार्ली बालक हुँदा उनकी अामाले  दिमागी सन्तुलन गुमाउन पुगेकी थिइन् र उनलाई मानसिक अस्पतालमा राखिएको थियो । यसपछि उनका भाइ सिड्नी र उनी आफ्नो बुवासँग बस्ने गर्थे । तर उनको बुवा अत्याधिक मदिरा पिउँथे जसकारण ३८ वर्षमै उनको मृत्यु भएको थियो । जड्यहा बाबुसँग बस्दा उनले अनेकौ शोषण सहनुपरेको थियो । पछि उनी त्यहाँबाट निक्लिन सफल भए र बाँकी जीवन अनाथ आश्रममा बिताए ।

कम उमेरका सँग चारपटक विवाह
चार्ली च्याप्लिनले ४ पटक सम्म विवाह गरेका थिए । पहिलो विवाह गर्दा उनी २९ वर्षका थिए भने उनकी श्रीमती जम्मा १७ वर्षकी मात्र थिइन् । तर उनीहरुको सम्बन्ध लामो समय टिक्न सकेन र  फेरी १६ वर्षीया अभिनेत्री लीटा ग्रेसँग विवाह गरे । विवाह गरेको केही दिनमै उनले लीटाको पेटमा पहिले नै बच्चा रहेको थाहा पाएका थिए । डिर्भोसका क्रममा लीटाले सो बच्चा चार्लीकै हो भनेपछि उनले अदालतमा लामो र तनावग्रस्त मुद्दा खेप्नु परेको थियो । तीन पटकसम्म रगत परीक्षण गर्दा पनि उनको बच्चा नभएपछि उनले सो मुद्दा त जिते तर पनि उनले अर्काको बच्चाका लागि धेरै मूल्य तिर्न पर्यो । त्यसबेलाको कानुन अनुसार उनले मुद्दा जितेपनि थुप्रै मूल्य भुक्तानि गर्नुपरेको थियो ।

यसपछि उनले पुन ४७ वर्षको उमेरमा २८ वर्षीया युवतीसँग विवाह गरेका थिए । उनको अन्तिम विवाह ओना ओनिलसँग विवाह भएको थियो अन्तिम पटक विवाह गर्दा उनी ५४ वर्षका थिए भने उनकी श्रीमती ओना  १८ वर्षकी मात्रै थिइन् । ओनाका पिता उनीहरुको सम्बन्धसँग खुसी नभएका कारण उनले ओनालाई आफ्नो सम्पतिबाटै बेदखल गरिदिएका थिए । ओनाले चार्लीलाई अन्तिम समयसम्म साथमा रहिन् ।

मेकअप बिना चार्ली (बायाँ) र आफ्नो चर्चित अनुहारमा चार्ली (दायाँ)

सबैकुरा आफ्नो हिसाबले मात्रै गर्ने
चार्ली च्याप्लिन  एउटा पर्फेक्शनिस्ट थिए । उनलाई सबै कुरा आफ्नै हिसाबले चाहिन्थ्यो । आफूले भने अनुरुप नभएमा उनी एउटै दृश्यलाई ४०० पटकसम्म पनि दोहोर्याइरहने गर्थे । जम्मा २० मिनेटको फिल्मका लागि मात्रै उनले ४० हजार सम्मको रिटेक लिएका थिए ।

अमेरिकाबाट देशनिकाला
४० वर्षसम्म अमेरिकामा बसेपनि उनी अमेरिकन नागरिक कहिल्यै भएनन् । १९५३ मा उनलाई कम्युनिष्ट भएको ठानेर एफबिअाईले उनलाई निगरानीमा राखेको थियो ।  अमेरिकी नागरिक हुन नमानेपछि चार्लीलाई अमेरिकाबाट देशनिकाला गरिएको थियो । त्यसपछि उनी एउटा अवार्ड लिनका लागि मात्रै अमेरिका गएका थिए ।

आफ्नै प्रतियोगितामा हार
एकपटक चार्ली च्याप्लिन जस्तै भेष बनाएर नक्कल गर्ने प्रतियोगिता भएको थियो । सो प्रतियोगितामा चार्ली आफैँ पनि लुकेर सहभागी बनेका थिए । तर उनीभन्दा राम्रो नक्कल गरेका कारण उनी नभई अरु नै विजयी भएका थिए र उनी प्रतियोगितामा तेस्रो भएका थिए ।

मृत्यु भएपछि पनि शान्ति पाएनन्
१९७७ मा ८८ वर्षको उमेरमा चार्लीको मृत्यु भएको थियो । तर मृत्यु भइसकेपछि पनि उनको शरीरले शान्ति पाएन । केही लुटेराहरुले उनको परिवारबाट पैसा हडप्नका लागि अन्तिम संस्कार गर्नै नपाई उनको शव चोरेका थिए तर ओनाले धरौटी दिन नमानेपछि उनीहरुले हरेश खाएका थिए । मृत्युको ११ हप्तापछि मात्र उनको शव भेटिएको थियो । त्यसपछि  सुरक्षाका निम्ति चार्लीको शव ६ फिट तल गाडिएको थियो।

The post स‌ंसारलाई हसाउँने चार्ली च्याप्लिनको यस्तो छ अनौठो र पीडादायी जीवन कहानी appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3084

Trending Articles