Quantcast
Channel: Entertainment – Sajha Post
Viewing all articles
Browse latest Browse all 3084

के विराट-अनुष्काले व्यवसायमा हात हालेका हुन् त ?

$
0
0

एजेन्सी, ३ असोज । बलिउड अभिनेत्री अनुष्का शर्मा र क्रिकेटर विराट कोहलीले अब आफ्नो रिलेशनशिपलाई अगाडि बढाउनेबारे सोचिरहेका छन् । तर, उनीहरुले विवाह गर्नेबारे योजना भने बनाएका होइनन् । खबरका अनुसार विराट र अनुष्काले व्यवसाय गर्ने योजना बनाइरहेका छन् । यी दुई मिलेर यसअघि पनि केही क्षेत्रमा लगानी गरिसकेका छन् । यसअघि उनीहरुले मुम्बईमा प्रोपर्टीमा लगानी गरेका थिए ।

अनुष्का शर्मा र विराट कोहली साथ-साथ मनोरञ्ज गर्नुका साथै प्रोपर्टीमा लगानी गर्न गइरहेका छन् । दुवैले नयाँ दिल्लीमा एक प्रोपर्टीमा लगानी गरेका छन् । यतिमात्र होइन यी दुईले रेष्टुरेन्ट खोल्नेबारेमा पनि योजना बनाइरहेको बताइएको छ । विराटले अनुष्का शर्मासँगको रिलेशनलाई स्वीकार गरिसकेका छन् भने अनुष्काले भने आफूहरुको सम्बन्धलाई लिएर सार्वजनिक रुपमा केही पनि भनेकी छैनन् ।

The post के विराट-अनुष्काले व्यवसायमा हात हालेका हुन् त ? appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3084

Trending Articles