Quantcast
Viewing latest article 2
Browse Latest Browse All 3084

सिक्किममा ‘कबड्डी-४’प्रदर्शन गर्न रोक

काठमाण्डौ । नेपाली फिल्म ‘कबड्डी ४’को प्रदर्शनमा भारतको सिक्किम सरकारले रोक लगाएको छ । मुख्यमन्त्री प्रेमसिंह तामाङले राज्यका नागरिक र विभिन्न संस्थाको संवेदनालाई ख्याल राख्दै प्रदर्शनमा रोक लगाउने निर्णय भएको जनाए ।

उनले फेसबुकमा लेखेका छन– ‘सिक्किमका जनता, विभिन्न संघसंस्था र संगठनको भावनालाई ध्यानमा राख्दै राज्य सरकारले विवाद समाधान नभएसम्म सिक्किममा कबड्डी ४ को प्रदर्शनमा रोक लगाउने निर्णय भएको छ ।’

सिक्किममा यो फिल्म शुक्रबारदेखि प्रदर्शनको तयारीमा थियो । गत साता अलइण्डिया बुद्धिस्ट फोरमसहित त्यहाँका बौद्ध धर्मगुरुले पत्रकार सम्मेलन गर्दै फिल्मलाई रोक लगाउन आग्रह गरेका थिए । त्यसपछि सिक्किम सरकारले रोक लगाउने निर्णय गरेको छ ।

Image may be NSFW.
Clik here to view.

 


Viewing latest article 2
Browse Latest Browse All 3084

Trending Articles