Quantcast
Channel: Entertainment – Sajha Post
Viewing all articles
Browse latest Browse all 3084

छोरा तैमुरलाई फिल्म खेलाउन किन मानिनन् करीना ?

$
0
0

एजेन्सी, १ असोज । केही समय अघिदेखि अभिनेत्री करीना कपूरले आफ्नो अागामी फिल्म ‘वीरे दि वेडिङ’ मा छोरा तैमुरलाई पनि खेलाउने खबर आएको थियो । यो हल्लाले सञ्चार माध्यम र सामाजिक सञ्जालमा अत्यन्तै चर्चा पाएपछि करीनाले मुख खोलेकी छन् ।

आफ्नो सामाजिक सञ्जालको एकाउन्टमा एउटा भिडियो राख्दै उनले अाफ्नो कुरा प्रष्ट पारेकी हुन् । फिल्मको आफ्नो लुक बाहिर आउने डरले करीनाले उक्त भिडियोमा आफ्नो मुखमात्रै देखाएर बोलेकी थिइन् । उनले भनिन् , ‘तैमुरले मेरो फिल्ममा खेल्ने खबर गलत हो । हामी दुई एउटै फिल्ममा कहिल्यै पनि खेल्न सक्दैनौँ । सायद भविष्यमा पनि हामी दुवैलाई एउटै फिल्ममा सँगै देख्न गाह्रो हुनेछ किनकी फिल्मका निर्माता हामी दुवैलाई एकसाथ सम्हाल्नै सक्ने छैनन् । ’

उनले उक्त भिडियोमार्फत तैमुरले फिल्मी करिअर सुरु गर्न लागेको कुरालाई गलत बताएकी हुन् । साथै उनले आफूले फिल्म सेटमा धेरै रमाइलो गरिरहेको पनि उत्साहित हुँदै बताइन् । फिल्ममा उनका साथ अभिनेत्री सोनम कपूर र स्वरा भास्कर पनि देखिनेछन् ।

The post छोरा तैमुरलाई फिल्म खेलाउन किन मानिनन् करीना ? appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3084

Trending Articles