Quantcast
Channel: Entertainment – Sajha Post
Viewing all articles
Browse latest Browse all 3084

एक्ली नीता : यसरी टुट्यो प्रेम सम्बन्ध

$
0
0

काठमाडौं, ३१ भदौ । अभिनेत्री प्रियंका कार्की अहिले प्रेम सम्बन्धमा छिन् । वैवाहिक सम्बन्ध टुटेपछि निक्कै प्रेमी बनाएकी प्रियंकाको पछिल्ला प्रेमी हुन् आयुष्मान देशराज श्रेष्ठ । यी दुईबीच अहिले गहिरो प्रेम छ । त्यस्तै अर्की अभिनेत्री निशा अधिकारीको टुटेको प्रेम जुट्यो र उनी विवाह बन्धनमा बाँधिइन् ।

नेपाली फिल्म उद्योगमा निक्कै अभिनेत्रीको प्रेम सम्बन्ध बलियै रहेको चर्चामा छन् । अभिनेत्री बर्षा राउत प्रेममा छिन् । अन्य अभिनेत्रीका पनि प्रेम सम्बन्ध राम्रै चलिरहेका छन् । अभिनेत्री शिल्पा पोखरेल त निर्माता छविराज ओझासँग दशैंपछि विवाहको तयारीमा छिन् । यो प्रेम पनि सफल हुने तरखरमा छ ।

तर, राम्रो प्रेम सम्बन्ध बनाएकी अभिनेत्री नीता ढुंगानाको लामो प्रेमयात्रा टुटेपछि उनी एक्ली छिन् । उनको सामाजिक सञ्जालको पेज पनि फेरिएको छ । उनको जीवन अर्को चरणमा प्रवेश गरेको छ । भर्खरै निर्मात्री बन्ने घोषणा समेत गरेकी नीताको प्रेम किन टुट्यो ? उनले असमझदारी भनेकी छिन् । तर, प्रेमी आमेश भण्डारीसँग उनको प्रेम टुट्नुको मुख्य कारण भने खुलाएकी छैनन् ।

चलचित्र क्षेत्रमा मात्र होइन, सार्वजनिक जीवनमा समेत प्रेमी–प्रेमिकाको आदर्श जोडीका रूपमा स्थापित आमेश–नीता लामो समयदेखि सम्पर्कविहीन छन् । सामान्य साथी समेत नरहनेगरी उनीहरूको सम्बन्ध टुटेको बताइएको छ ।

ब्रेकअप नहुँदै सामान्य भनाभनका क्रममा नीताले आमेशलाई फेसबुकमा अनफ्रेन्ड गरेकी थिइन् । आमेशले पनि उनलाई ‘अनफ्रेन्ड’ गरिदिएका थिए ।
विवाहको चर्चा चलिरहेको मात्र थिएन, आमेश–नीता प्रत्येक फिल्मी कार्यक्रम, अवार्डहरूमा पनि एकअर्कालाई छाड्न सक्तैन थिए । सँगै देखिन्थे । ‘आपसी समझदारी नहुँदा यस्तो दिन आउँछ । विवाहको तयारीमा रहेका उनीहरूबीच सामान्य झगडाभन्दा पनि असामान्य कारणले सम्बन्ध टुटेको हुनुपर्छ’, उनीहरूलाई चिन्नेहरू बताउँछन् ।

आमेश अध्ययनमा लागेका छन् भने नीति फिल्मी करिअरमा व्यस्त छिन् । नीता र आमेशको जोडीलाई ‘ढुकुर जोडी’ भनेर प्रशंसा गरिन्थ्यो । उनीहरूबीचको प्रेम यति घनिष्ठ थियो कि उनीहरूको केमेस्ट्री विवाहित जोडीको भन्दा कम देखिंदैनथ्यो । प्रेम उत्कर्षमा पुग्न थालेपछि उनीहरू दुवैले चाँडै विवाह गर्ने घोषणा मात्र गरेका थिएनन्, आफ्नो जोडी सबैभन्दा अब्बल हुने दाबी समेत गरेका थिए । पर्दाबाहिर जमेको उनीहरूको जोडीलाई निर्देशक दिनेश डिसीले चलचित्र ‘फूलैफूलको मौसम तिमीलाई’ मा उतारेका थिए । बिडम्बना के रह्यो भने यही चलचित्रको छायांकनदेखि नै नीता र आमेशबीचको प्रेम सम्बन्धमा बिस्तारै छायाँ पर्न थाल्यो ।

ब्रेकअप हुनुअघि सामाजिक सञ्जालमा आलिंगन, चुम्बनदेखि बेडरुमकै तस्बिरसम्म सेयर गर्न नहिचकिचाउने यो जोडीले पछिल्लो दुई महिनायता फेसबुकमा आफ्नो जोडीका कुनै पनि तस्बिर सार्वजनिक गरेन ।

उल्टो आमेशले केही समयअघि फेसबुकमा ‘एक्लो हुनु उपहार हो कि श्राप ?’ भन्ने शैलीको स्टाटस लेखेर आफू अहिले प्रेममा नरहेको जानकारी घुमाउरो पाराले दिइसकेका थिए । यसले पनि उनीहरूको सम्बन्ध छिन्नभिन्न भइसकेको पुष्टि हुन्छ ।

The post एक्ली नीता : यसरी टुट्यो प्रेम सम्बन्ध appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3084

Trending Articles