Quantcast
Channel: Entertainment – Sajha Post
Viewing all articles
Browse latest Browse all 3084

कमेडियन कपिल शर्मा यसरी बने करोडपति

$
0
0

बलिउड । बलिउडका चर्चित कमेडियन हुन् कपिल शर्मा । सन् २००५ मा उनले ब्रेक पाएका थिए । उनले एमएच–१ मा हाँस्दे हसाँते राओमा काम पाएका थिए । सन् २००७ मा उनले लाफ्टर च्यालेन्जको पहिलो अडिसनमा असफलता भोग्नु पर्यो । तर, अर्को सिजन भने उनले उक्त प्रतिस्पर्धा जित्दै १० लाख जितेका थिए ।

सन् २०१६ को तथ्याङ मान्ने हो भने उनको आम्दानी ६.६ मिलियन डलर रहेको थियो । उनको कुल सम्पत्ति १४.७–२२ मिलियन डलर रहेको छ ।
सन् २०१७ को आम्दानीको हेर्ने हो भने उनले ‘द कपिल सो’ का लागि सोनी च्यानलसँग ११० करोड भारतीय रुपैयाँको सम्झौता गरेका छन् ।
उनको डिएलएच इन्क्लेभ फ्ल्याट, ओसिवारा लिंक रोडमा, मुम्बइमा रहेको छ । यसको मुल्य २.२ मिलियन डलर रहेको छ ।
अफिस, भेरसोभा एमएचएडिए जुन निर्माणधिन रहेको छ । यसको मुल्य ४ करोड भारतीय रुपैयाँ रहेको छ ।
शान्तिबन बिलडिङ, अन्धेरी, मुम्बइ– यो बिलडिङ उनले सन् २०१० मा किनेका थिए ।
एडिटिङ स्टुडियो, लोटस बिजनेश पार्क, अधेरी ।
पन्जावमा उनले केही जमिन समेत किनेको केही मिडिया रिपोर्टले उल्लेख गरेका छन् ।
कारहरु
ल्याण्डरोभर रेन्ज रोभर इभोक्यु–८२ लाख भारतीय रुपैयाँ
मर्सिटिज बेन्ज एस३५० सिडिआइ–१.४५ करोड भारतीय रुपैयाँ
पछिल्लो समय उनी फिल्ममा पनि काम गर्न थालेका छन् । उनको पछिल्लो फिल्म भने फिरंगी रहेको छ ।

The post कमेडियन कपिल शर्मा यसरी बने करोडपति appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3084

Trending Articles