Quantcast
Channel: Entertainment – Sajha Post
Viewing all articles
Browse latest Browse all 3084

म्यासेज गरेर हैरान बनाउने खेलाडीलाई पोर्न स्टार खलिफाको यस्तो कदम

$
0
0

एजेन्सी । चर्चित पोर्न स्टार मिया खलिफालाई निजी म्यासेज पठाएपछि एक चर्चित खेलाडीले ठूलो बेइज्जती सहनु परेको छ । अमेरिकी बास्केटबल खेलाडी विल्सन कन्ट्रेरसले बारम्बार खलिफालाई म्यासेज पठाइरहेका थिए । मियाको तर्फबाट कुनै जवाफ नआएपनि उनले लगातार म्यासेज गरिरहे जसकारण मियाले उनी विरुद्ध ठूलो कदम उठाइन् ।

मियाको ठूलो फ्यान भएको भन्दै उनलाई निजी रुपमा म्यासेज पठाइरहेपछि दिक्क भएर मियाले उनका सबै म्यासेजहरु सामाजिक सञ्जालमा सार्वजनिक गरेकी हुन् । एकपटक हाई भन्न आग्रह गर्दै विल्सनले उनलाई म्यासेज पठाएका थिए तर मियाले उनलाई हाई होइन सदाका लागि बाई भनिदिइन् ।

सन् २०१६ मा अमेरिकन फुटबलर च्याड क्यालीले पनि खलिफालाई फ्रेन्ड रिक्वेस्ट पठाउँदा ठूलो मूल्य चुकाउनु परेको थियो । त्यसबेला पनि मियाले उनीहरुको म्यासेज यसरी नै सामाजिक सञ्जालमा शेयर गरिदिएकी थिइन् ।

यो घटना स्न्याप च्याटमा म्यासेज गर्दा भएको थियो । उनले ती फुटबलरसँग कुरा गर्न अस्वीकार मात्र गरिनन् उनले त्यो सब म्यासेजहरु उनको ट्विटर अकाउन्टमा समेत शेयर गरिदिएकी थिइन् । यो घटना यति धेरै चर्चामा आयो कि ती फुटबलरले उनको अकाउन्ट नै डिलिट गरिदिएका थिए । सोही प्रकारको घटना अहिले पुन: दोहोरिएको हो ।

 

The post म्यासेज गरेर हैरान बनाउने खेलाडीलाई पोर्न स्टार खलिफाको यस्तो कदम appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3084

Trending Articles