काठमाडौं, १६ भदौ । नेपाली फिल्म ‘सायद-२’ को अफिसियल टिजर सार्वजनिक भएको छ । टिजरका साथै फिल्मको पोस्टर पनि सार्वजनिक गरिएको छ । यो २०६९ सालमा बनेको चर्चित फिल्म ‘सायद’को सिक्वेल हो ।
दुर्गिस् फिल्मको ब्यानरमा सुनिल रावलले निर्माण गरेको फिल्मलाई पुष्पराज न्यौपानेले निर्देशन गरेका छन् । रावलले यसअघि होस्टल, होस्टल रिटर्न्स, सायदजस्ता सुपर हिट चलचित्र निर्माण गरिसकेका छन् ।
निर्माण युनिटमा रावलका अलावा ईश्वर श्रेष्ठ र सुवास लामिछाने निर्माता तथा हेमदेव गौतम र कृष्ण प्रधान सह-निर्माताको रुपमा रहेका छन् ।
फिल्ममा शुशिल श्रेष्ठ, निशा कार्की, स्यारोन श्रेष्ठ, अमृत ढुङ्गाना, कुशल पाण्डे तथा निर्माता सुनिल रावलको समेत अभिनय रहेको छ ।
युट्युबमार्फत सार्वजनिक टिजरमा रिलिज डेट उल्लेख गरिएको छैन ।
भिडियो:
The post ‘सायद-२’ को अफिसियल टिजर सार्वजनिक (भिडियोसहित) appeared first on Sajha Post.