एजेन्सी । भारतीय कमेडीयन तथा अभिनेता कपिल शर्मालाई पुन: संकट सुरु भएको छ । भारतीय सञ्चारमाध्यमहरुले भारती सिंह र कीकू शारदाबीच विवाद भएको उल्लेख गरेका थिए । तर, भारतीले यस खबरलाई गलत बताइन् । यतिबेला भारती सिंहले कपिलको शोबाट बाहिरिएको खबर आएको छ । तर उनले शो छोडेको भन्ने कुनै आधिकारिक प्रष्टोक्ति भने भएको छैन । यद्यपी कपिलको शोमा भारतीको सहभागिताले राहत मिलेको थियो । किनकी सुनील ग्रोवरले शो छोडेपछि शो को टीआरपीमा लगातार गिरावट आइरहेको थियो ।
भारती केही दिन अगाडि मात्र कपिलको शो मा आएकी थिइन् । खबरलाई मान्ने हो भने भारती कपिलको शो मा मात्र ४ एपिसोडका लागि आएकी हुन् । भारती पनि चाँडै नै आफ्नो नयाँ शो ‘कमेडी दंगल’ सुरु गर्दैछिन् ।
भारती सिंह आफ्नो यस नयाँ कमेडी शो ‘कमेडी दंगल’मा जजको भूमिकामा देखिनेछिन् । यसका साथै भारती अनु मलिक पनि शोको जज हुनेछन् ।
The post के भारती सिंहले कपिलको शो छोडेकै हो त ? appeared first on Sajha Post.