Quantcast
Channel: Entertainment – Sajha Post
Viewing all articles
Browse latest Browse all 3084

सानो छँदा लिफ्टमा दुर्व्यवहारको शिकार भएँ : अक्षय कुमार

$
0
0

एजेन्सी । बलिउडका एक्सन किङ अक्षय कुमार अहिले आफ्नो आगामी फिल्म ‘ट्वाइलेट एक प्रेम कथा’को प्रमोशनमा व्यस्त छन् । यसै क्रममा मानव तस्करीलाई लिएर आयोजना गरिएको अन्तर्राष्ट्रिय पत्रकार सम्मेलनमा अक्षयले सानो छँदा आफूमाथि पनि शोषण भएको घटना बताएका हुन् ।

अक्षय सानो हुँदा लिफ्टबाट जाँदै गर्दा लिफ्टम्यानले नै उनलाई नराम्रो तरिकाले छुन खोजेको उनले बताए । गलत तरिकाले हात लगाउन खोजेपछि अक्षयले त्यहाँबाट भाग्ने प्रयास गरेको र लिफ्ट खुल्नासाथै उनी तीव्र गतिमा भागेको घटना सुनाएका हुन् । तर, अक्षय सानैदेखि आफ्ना आमाबुबासँग नलजाई कुरा गर्ने स्वभावको भएकाले उनले यसबारे तुरुन्तै उनीहरुलाई खबर गरेको बताए । यसपछि उनका आमाबाबुले त्यो लिफ्टम्यानको खोजी गर्दा ऊ पहिले पनि यस्तै गतिविधिको आरोपमा पक्राउ परिसकेको थाहा पाएको उनले बताए ।

उक्त सम्मेलनमा बोल्दै अक्षयले भने, ‘आजभोलि यस्ता घटनाहरु बढ्दो क्रममा छन् जहाँ बच्चाहरुसँग नराम्रो भइरहँदा पनि उनीहरु चुप लागेर बस्छन् । त्यसैले आमाबुवाले सधैँ आफ्ना बच्चाहरुको मनस्थितिबारे जानकार रहने गर्नुपर्छ । कतिपय बच्चाहरु यस्ता कुरा गर्न अफ्ठ्यारो मान्छन् र डराउने गर्छन् त्यसैकारण उनीहरुसँग नजिक हुनुपर्छ । अनिमात्र हामीले यस्ता घटनाहरुबारे प्रहरीलाई खबर गरेर यस्ता अपराध कम गराउन सक्नेछौँ । ’

The post सानो छँदा लिफ्टमा दुर्व्यवहारको शिकार भएँ : अक्षय कुमार appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3084

Trending Articles