एजेन्सी । चीनका अधिकारीहरुले चर्चित क्यानेडी पप गायक जस्टिन बीबरमाथि प्रतिबन्धको घोषणा गरेका छन् । अधिकारीहरुले भने, ‘बीबरको आफ्नो हर्कत र विवादित गतिविधिहरुका कारण देशमा प्रस्तुति दिनका अनुमति मिल्ने छैन ।’
बीबरले यस वर्ष आफ्नो ‘पर्पज वर्ल्ड टूर’को नाममा इंडोनेशिया, जापान, फिलिपिन्स, सिंगापुर र हङकङमा प्रस्तुति दिनेछन् ।
बेइजिङका कल्चर ब्यूरोले एक बयानमा भनेको छ, ‘जस्टिन बीबर एकदमै राम्रा गायक हुन् तर यस समय उनी एक विवादित युवा गायक पनि हुन् । उनको सामाजिक गतिविधिहरु हाम्रा लागि चिन्ताको विषय हो ।’
यद्यपी, बीबरले सन् २०१३ मा चीनमा प्रस्तुति दिएका थिए । त्यसबेला आफ्नो तस्बिरका कारण उनी विवादमा तानिएका थिए जसमा बीबरका अंगरक्षकले उनलाई ग्रेट वाल अफ चाइनामाथि उठाएर लगिरहेका थिए ।
The post यसकारण चीनले जस्टिन बीबरमाथि प्रतिबन्ध लगायो appeared first on Sajha Post.