Quantcast
Channel: Entertainment – Sajha Post
Viewing all articles
Browse latest Browse all 3084

बलिउड सेलिब्रिटीहरुको झगडा, यसरी गर्छन् तिखो व्यंग

$
0
0

बलिउड । एक अन्तर्वातामा पत्रकार अनुपमा चोपडसँग बोल्ने क्रममा सोनाम कपुरले कैटरीनालाई निशानामा राख्दै भनेकी थिइन्,‘ मलाई कैटरीनालाई फुलको बुकी दिन मन छ । मलाई थाहा छैन उनले यसलाई कसरी लिन्छिन् । तर मानिसमा अलिकति भने पनि बफादारी र लाज भन्ने कुरा हुनुपर्छ ।’
अर्को पटक भने सोनाम कपुरको निशानामा परिन् ऐश्वर्या राय बच्चन । यो कथा जब सुरु भयो जब ऐश्वर्या रायले क्यानेसमा सोनाम कपुरसँगै रेड कार्पेटमा हिड्न अस्विकार गरिन् । त्यसपछि सोनामले व्यंग गर्दै भनिन्,‘ऐश्वर्या मेरो बुबासँग फिल्म खेली सकेकीछिन् । उनी यस हिसाबले मेरो अन्टी भइन् । हजुर ऐश्वर्या अन्टी ।’
त्यस्तै करन जोहरको कार्यक्रममा दिपिका पादुकोणले आफ्नो पुर्वप्रेमी रनवीर कपुरलाई व्यंग गर्दै बोलिन् । उनले सार्वजनिक रुपमै भनिदिइन्,‘म रनवीरलाई कण्डमको प्याकेटहरु उपहार दिन चाहान्छु ।’
एकपटक दिपिकाको निशानामा परिन् कैटरीना । दिपिकाले कटरीनालाई भनेकी छिन्,‘ म कटरीनाको पासपोर्ट हेर्न चाहान्छु । उमेरले झुटो खेती कसले गरेको छ भन्नु छ मलाई ? रनवीरलाई अमेरिका भेट्न गएकै हो त अन्जानाअन्जानीको सुटिङमा ।’
बिपासा बासुको निशानामा परे पुर्वप्रेमी जो अब्रहाम । एक अन्तर्वार्तामा उनलाई जोनको बारेमा सोधिएको थियो । उत्तरमा उनले भनेकी थिइन्,‘को हो त्यो मान्छे म चिन्दिन । तपाई चिन्नुहुन्छ र ।’
प्रियंका चोपडाको निशानामा परे करन जोहर । उनले नघुमाउने पारामा भनिदिइन्,‘कुनै कार्यक्रम चलाएर आफुलाई बलियो ठान्ने करन जोहरले कसैको करिअर माथि लैजान सक्ला र गिराउन पनि सक्ला तर मेरो कदापि सक्दैन । उ अरुको लागि बलियो निर्माता र निर्देशक हुनसक्ला ।’

 

The post बलिउड सेलिब्रिटीहरुको झगडा, यसरी गर्छन् तिखो व्यंग appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3084

Trending Articles