यो सुइँको पाउँदा खुसी लागेको छ की श्वेता खड्का फेरि पर्दामा आउँदैछिन् । जहाँ श्वेताका लाखौं फ्यानहरू उनको मुहारमा मुस्कानसँगै अभिनयका सप्तरङ्गी देख्न ‘आशावाद’को भर परे हुने भयो । चार वर्षपछि फिल्मक्षेत्रको नयाँ सप्तरङ्गको उपहार ‘कान्छी’ हुनेछ ।
मलाई स्मरण छ, भावुकताबाट भर्खरै उठेका बेला ०७२ को चैत अन्तिमतिर अभिनेत्री श्वेता खड्काले भनेकी थिइन्,‘तत्काल म फिल्म क्षेत्रमा प्रवेश गर्ने विषय सहज छैन ।’ उनले एकाध वर्षपछि फिल्ममा आउन सक्ने संकेत त त्यसबेला गरेकी थिइन् ।
अभिनेता श्रीकृष्ण श्रेष्ठकी पत्नी श्वेता नेपाली फिल्म उद्योगमा करोड किर्तिमान राख्न सफल ‘कोहिनुर’पछि फिल्ममा देखिइनन् । जीवनमा डढेलेलो लागेको ठूलो भुङ्ग्रोबाट उही लिकमा फर्कनका लागि उनलाई केही समय लाग्यो । पति श्रीकृष्णको निधनको विक्षिप्ततामा लामो समय रहेपछि श्वेता फिल्मतिर त्यति नजिक हुने चहानासँगै दूरी बनाउन चहान्थिन् । तर, मिडिया जीवन कहाँ छाड्न सकिन्छ र ? अन्ततः उनले फिल्मनगरीमा फेरि प्रवेश गर्ने अन्तिम तयारी भएको छ । श्वेता आफैंले फिल्म ‘कान्छी’ निर्माण गर्न लागेकी छन् ।
मलाई स्मरण छ, मिडियामार्फत दुनियाँभरी अल्पविराम राखेका श्वेताका मुस्कान देखाउने संघर्षमा भैंसेपाटीभन्दा माथि दुईजना क्यामेराम्यानहरूले निक्कै मिहनेतसाथ तस्बिर खिचेका थिए । निलो, सेतो र कालो पहिरनलाई निरन्तरता दिने क्रममा उत्रिएको झरीले केही समस्या पनि पारिरहेको थियो । त्यो गजबको चुनौतिसँग जुधेर पनि उनका मुस्कानसहितका तस्बिर जनतामाझ पुराउन सकियो । ‘उनको मनको चोट’ बाँकी थियो तर जनतादे दिएको अपार मायालाई कायम राख्न, उनी तस्बिरमा हाँसिन्, तस्बिरमै खुसी भइदिएकी थिइन् ।
मिडियामार्फत दुनियाँभरी अल्पविराम राखेका श्वेताका मुस्कान देखाउने संघर्षमा भैंसेपाटीभन्दा माथि दुईजना क्यामेराम्यानहरूले निक्कै मिहनेतसाथ तस्बिर खिचेका थिए । निलो, सेतो र कालो पहिरनलाई निरन्तरता दिने क्रममा उत्रिएको झरीले केही समस्या पनि पारिरहेको थियो
काभ्रेको पनौती नगरपालिका–१२ खोपासीमा जन्मिएकी श्वेता ११ वर्षअघि नेपाली फिल्म उद्योगमा प्रवेश गरेकी थिइन् । उच्च माध्यमिक शिक्षा सक्नासाथ उनी ‘कहाँ भेटिएला’मार्फत नेपाली रजतपटमा श्रीकृष्णको जोडी भएर उदाइन् । त्यो जोडी वास्तविक जीनको जोडी भयो । ‘कोहिनुर’ बन्यो ।
कोहिनुर बजारमा आउँदै गर्दा जीवनको भयानक घाउँसँग जुधिन् श्वेता । अल्पायुमा भारतमा श्रीकृष्णको निधन भयो । ‘चेत’ मष्तिष्कमा र ‘अचेत’ हृदयको महसुस गरी श्वेता विक्षिप्तताको खाल्डोमा पुगिन् । ‘म फिल्ममा भन्दा पनि यतिबेला व्यापारतिर व्यस्त भएकी छु । छरपष्ट भएका व्यापारलाई सम्हालिरहेको छु, आफुजस्तै ।’, उनले त्यहिताका भनेकि थिइन् ।
श्वेताका फिटनेश, इन्जिनियरिङ कन्सल्टेन्सी, इन्टेरियरलगायतका व्यापार छन् ।
श्वेता सीमित छिन् । उनको विचार सीमित छन् । तर, काम उत्कृष्ट । परिवारका सदस्य कोही पनि फिल्मक्षेत्रसँग सम्बन्धित नभएपनि उनले पहिलो फिल्मबाट जुन प्रेरणादायी सफलताको स्वाद पाइन्, त्यसको निरन्तरता थियो कोहिनुर । र, निरन्तरताको यो यात्राको अल्पविराम पछिको नयाँ यात्रा बनिरहेको छ, ‘कान्छि’ ।
अभिनेत्री मिथिल शर्माकी भदैनी पर्छिन्, श्वेता । यो यात्राको एउटा विन्दु शर्मा पनि हुन्, उनका लागि । गत वर्ष पीडाबाट उठेर हिँडेका बेला श्वेतालाई धेरैले दयाभाव, सद्भाव राख्दथे । उनलाई त्यो भावलाई जोगाउने चुनौतिका लागि पनि हाँसेर हिँड्ने बाध्यता थियो । अब, उनलाई मायाभाव र प्रशंशाको निरन्तरताको पनि खाँचो भएकाले होला, उनी फिल्म निर्माण र अभिनयमा चुस्तता दिने क्रममा छिन् । त्यसैले, निर्देशक आकाश अधिकारी, अभिनेता दयाहाङ राई, छायाँकार पुरुषोत्तम प्रधानलगायतको एउटा चुस्त टिमसँग श्वेता फिल्म बनाउँदैछिन् ।
नेपाली फिल्म उद्योगका एकाध नीजिबाहेक बजार विस्तारको क्रम बलियो हुन थालेको छ । कलाकारहरूको रोजीरोटी पनि राम्रोसँग चलेको छ । तर, श्वेताको रोजीरोटी होइन उनको समर्पण फिल्मसँग जोडिएको छ । उनले भन्थिन्,‘मेरो हरेक भाव फिल्मसँग जोडिएका कारणले ढिलोचाँडो यो नगरीमा प्रवेश होला तर ठ्याक्कै मिति छैन ।’ तर, त्यो मिति आइसकेको छ ।
अचेल दरबारमार्गको राइजिङ मलको ग्राउन्ड फ्लोरमा देखिने सेलिव्रिटीहरू श्वेताको नयाँ प्रोजेक्टका विषयमा नै कुराकानी गर्न पुग्छन् । ठ्याक्क ४ बजे, त्यहाँ कलाकारहरू देखिन्छन्, निर्देशकहरू कफी पिउँदै भेटिन्छन् । कारण हो, श्वेताका पर्दा निरन्तरता । प्रिय पर्दा ! श्वेता आउँदैछिन् । दर्शक समातेर राख ।
The post प्रिय पर्दा ! श्वेता आउँदैछिन् appeared first on Sajha Post.