एजेन्सी । केही समय अघि मात्र रिलिज भएको सलमानको फिल्म ‘ट्यूबलाइट’ ले सोचेजस्तो व्यापार नगरेपछि सलमान लगायत फिल्मका सम्पूर्ण युनिटहरु निराश छन् । यसैका बारेमा सलमानसँग गरिएको एउटा अन्तर्वार्तामा भनिएका कुराहरु आज हामी बताउन जाँदैछौँ ।
फिल्म ट्यूबलाइट रिलिज भएको पहिलो दिन सञ्चार माध्यमसँग कुरा गर्दै सलमानले भनेका थिए, ‘फिल्म दर्शकहरुलाई मन पर्ने खालकै बनाएका हौँ । अहिलेसम्म त म विश्वस्त छु कि मेरा फ्यानहरुले पक्कै पनि फिल्म मन पराउनेछन् तर पनि केही भन्न सकिँदैन ।’
उनले थपे, ‘कसैको दिमागमा केही कन्ट्रोल हुँदैन । हामीलाई कहिलकाहीँ लाग्छ कि हामी सबैभन्दा बुद्धिमान हौँ र बाँकी दुनियाँ मूर्ख हो र हामीलाई मात्र सबै कुरा थाहा छ । तर जुनसुकै बेला पनि जे पनि हुन सक्छ । आफूलाई बुद्धिमान ठानिरहेको मानिस मूर्ख भएर बाँकी दुनिया सहि पनि हुन सक्छ, यसको कुनै ठेगाना छैन । त्यसैले मेरो घूँडामा चोट लाग्दा म त्यसको सक्दो उपचार गराउँनेछु । घाँटी या ढाड दुखे तुरुन्तै डाक्टरकहाँ पुग्नेछु । सकेसम्म स्वस्थ रहन प्रयत्न गरिरहनेछु तर दिमाग खराब हुँदा भने कतै पनि दुख्दैन । तपाई आफैँ अरुका अगाडि मुर्ख बनिरहेको हुनुहुन्छ । त्यसकारण मानिसको दिमागले कहिले कसरी काम गर्न छाड्ला भन्ने कसैलाई थाहा हुँदैन । मैले चुनेका बाटो सधैँभरि सफलताकै बाटो भइरहनेछ भन्ने छैन ।’
सलमानले आफ्नो भविष्यका बारेमा पनि प्रष्ट्याउँदै भने, ‘जुन दिन मेरो एक या दुई फिल्म फ्लप हुन्छन् मलाई लाग्नेछ कि म जे सोचिरहेको छु मेरा फ्यानहरुले त्यही सोचिरहेका छैनन । अनि मलाई थाहा हुनेछ कि मेरो समय यहीसम्मको थियो र मेरो करियर यहाँ समाप्त हुँदैछ । तर यसअघि म अझै दुईतीन पटक प्रयास गर्नेछु । त्यो पनि भएन भने मैले त्यही रोकिनु पर्ने अवस्था आउनेछ । दर्शकहरुले नै मलाई यहाँसम्म लिएर आएका हुन म गएपछि उनीहरुले अरु नै कोही नयाँ मान्छेलाई अगाडि लैजानेछन् । महत्वपूर्ण कुरा के हो भने जसलाई दर्शकको साथ मिलेको हुन्छ उसको समय पनि राम्रो हुनु पर्छ । म यो भन्दिन कि तपाईहरुले ८० वर्ष सम्मै मलाई नै झेलिरहनुपर्नेछ ।’
सलमानले भने, ‘जबसम्म दर्शकहरुले मलाई आकर्षक मानिराख्नेछन् तबसम्म म काम गरिरहने छु । आफूले आफूलाई परिवर्तन गर्न समेत सधैँ तयार रहनेछु । युवा, बच्चा, बूढा सबैले अहिले मलाई निकै मन पराउँछन् । त्यसैकारण जबसम्म यो पुस्ताले मलाई मन पराइरहन्छ तबसम्म म अनस्क्रिन होस् या अफ स्क्रिन उनीहरुका लागि सधैँ हिरो भइरहनेछु । मलाई अन्य परिणामहरुका बारेमा चिन्ता गरिरहनुपर्ने कुनै आवश्यकता छैन । मैले जहिलेसम्म मेहेनत गरिरहन्छु त्यतिबेलासम्म म बलिउडमा टिकिरहनेछु । तर मेहेनत पनि सहि दिशामा हुनुपर्छ अनि मात्र राम्रो फल पाउन सकिन्छ । ’
The post सलमानले भने- एकदुई वटा फिल्म फ्लप भएपछि मेरो समय सकिन्छ appeared first on Sajha Post.