काठमाडौं, ३१ जेठ । बम्बे हाइकोर्टले बलिउडको नयाँ चलचित्र ‘उडटा पञ्जाव’को एउटा दृश्यमात्रै हटाउन आदेश दिएको छ ।
सोमवार बम्बे हाईकोर्टले ‘उडता पञ्जाव’ मा भएको एउटामात्रै दृश्यलाई हटाउन चलचित्र टीमलाई भनेको छ । साथै भारतको केन्द्रीय सेन्सर बोर्डलाई उक्त दृश्य हटाएपछि फिल्मलाई तुरुन्त नयाँ सर्टिफिकेट दिन भनेको छ ।
हाईकोर्टको आदेश पछि ‘उडता पञ्जाव’ मा भएको पिसाव फेरेको एक दृश्यलाई हटाइने भएको छ । यस अघि भारतको केन्द्रीय फिल्म बोर्ड (सिबिएफसी)का प्रमुख पहलज निहालानीले फिल्ममा भएका १३ वटा दृश्यलाई हटाउन आदेश दिएका थिए ।
‘उडटा पञ्जाव’ लागूऔषध तथा अपराधमा आधारित फिल्म हो । यो फिल्ममा शहीद कपुर, करिना कपुर, आलिया भट्ट तथा दिलजित डोसान्झले अभिनय गरेका छन् । तर सिबिएफसीले फिल्ममा भएका धेरैजसो दृश्यलाई हटाएर मात्रै रिलिज गर्न भनेपछि फिल्म विवादमा फँसेको थियो ।
पञ्जावसँग सम्बन्धित सन्दर्भ, चुनाव, राजनीतिक दल तथा फिल्ममा प्रयोग गरिएका केही नामलाई सिबिएफसीले हटाउन भनेपछि बलिउडमा हंगामा नै मच्चिएको थियो । उक्त आदेशले अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित गरेको भन्दै यसको सर्वत्र आलोचना भएको थियो । उक्त आदेशविरुद्ध निर्माता अनुराग कश्यपले अदालतमा पुनरावेदन गरेका थिए ।
अदालतको निर्णयले लोकतन्त्रलाई सुनिश्चित गरेको भन्दै प्रोड्युसर अनुराग कश्यपका वकिल ले भने, ‘ हामीले पिसाव फेरेको दृश्यमात्रै हटाउन पर्छ र यो लोकतन्त्रको पक्षमा वकालत हो ।’
यसभन्दा अगाडिपनि अदालतले सिबिएफसीसँग फिल्मलाई सेन्सर गर्ने अधिकार नभएको बताएको थियो । ‘उडता पञ्जाव’मा भएका दृश्यलाई हटाउने कार्य संविधान र सुप्रिम कोर्टको अधिनमा रहेर मात्रै गर्नुपर्र्ने बताएको थियो ।
The post ‘उडता पञ्जाव’को एउटा मात्रै दृश्य काटिने appeared first on Sajha Post.