Quantcast
Channel: Entertainment – Sajha Post
Viewing all articles
Browse latest Browse all 3084

माधुरी दीक्षितदेखि हेमा मालिनीसम्म, यी ५ बलिउड अभिनेत्रीले गरिसके बाबु-छोरासँग रोमान्स

$
0
0

एजेन्सी । बलिउडमा केही यस्ता पनि अभिनेत्रीहरु छन् जसले बाबु अभिनेता र छोरा अभिनेता दुवैसँग काम गरेका छन् । यस रिपोर्टमा आज हामी तपाईलाई ती अभिनेत्रीहरुको बारेमा जानकारी गराउँछौं जसले ठूला पर्दाका फिल्ममा बाबु-छोरासँग काम गरे ।

सबैभन्दा पहिला श्री देवीको चर्चा गरौं । श्री देवी हालका दिनमा आफ्नो फिल्म ‘मम’लाई लिएर मीडियामा छाइरहेकी छन् । श्री देवीले पनि ठूलो पर्दामा बाबु र छोरासँग रोमान्स गरिसकेकी छन् । अभिनेता सनी देओलसँग उनले ‘चालबाज’, ‘निगाह’ जस्ता आधा दर्जन बढी फिल्ममा काम गरेकी छन् र फिल्ममा रोमान्टिक जोडी समेत बनाएकी थिइन् । उता श्री देवील धर्मेन्द्रसँग ‘नाकाबन्दी’ जस्ता फिल्ममा उनको लीडिङ लेडी बनेर ठूलो पर्दामा रोमान्स गरेको देखिएकी थिइन् ।

हेमा मालिनी पनि यस सूचीमा अटाएकी छन् । हेमाले आफ्नो डेब्यू फिल्म ‘सपनों का सौदागर’ (१९६८) मा राज कपूरसँग रोमान्स गरेकी थिइन् । पछि हेमा राज कपूरका छोरा रंधीर कपूरसँग सन् १९७४ मा रिलिज भएको फिल्म ‘हाथ का सफाई’ मा रोमान्स गरिरहेको देखिएकी थिइन् ।

डिंपल कपाडिया पनि एक यस्तो अभिनेत्री हुन् जो विनोद खन्ना र अक्षय खन्ना यी दुवै बाबु-छोराको जोडीसँग भिन्न-भिन्न फिल्ममा रोमान्स गरिसकेकी छन् । र, डिंपल मुकुल आनन्दको फिल्म ‘इंसाफ’ मा विनोद खन्नासँग र ‘दिल चाहता है’मा अक्षय खन्नासँग देखिएकी थिइन् ।

माधुरी दीक्षित पनि विनोद खन्नासँग ‘दयावान’ जस्ता सफल फिल्ममा आफ्नो हट दृश्यका साथ खबरमा आएकी थिइन् । उक्त फिल्मको ९ वर्षपछि उनी अक्षय खन्नासँग ‘महोब्बत’मा रोमान्स गरेकी थिइन् ।

अभिनेत्री अमृता सिंहकी छोरी सारा अली खान आजकाल चर्चामा आइरहने गर्छिन् । उनै अमृता आफ्नो डेब्यू सन् १९८३ मा सनी देओलका साथ ‘बेताबी’ मा देखिइन् । यस फिल्मको ६ वर्षपछि अमृता धर्मेन्द्रसँग फिल्म ‘सच्चाई की ताकत’ मा उनकी श्रीमतीको भूमिकामा देखा परिन् ।

The post माधुरी दीक्षितदेखि हेमा मालिनीसम्म, यी ५ बलिउड अभिनेत्रीले गरिसके बाबु-छोरासँग रोमान्स appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3084

Trending Articles