Quantcast
Channel: Entertainment – Sajha Post
Viewing all articles
Browse latest Browse all 3084

लाखौं फलोअर्स भएका ९० प्रतिशत बलिउड कलाकार अनपढ !

$
0
0

एजेन्सी, १६ असार । ‘हासिल’, ‘साहेब, बीबी और गुलाम’ र ‘पान सिंह तोमर’जस्ता चर्चित फिल्मका निर्देशक तिग्मांशु धूलियाले बलिउडका ९० प्रतिशत कलाकारहरु अनपढ भएको बताएका छन् ।

उनले आफ्नो नयाँ आउन लागेको चलचित्र ‘रागदेश’बारेको कुराकानीमा बीबीसीलाई यस्तो प्रतिक्रिया दिएका हुन् ।

सुभाष चन्द्र बोसको ‘आर्मी आइएनए’ माथि बन्दै गरेको चलचित्र रागदेश राजनीतिक इतिहासको कथावस्तुमा आधरित छ । देशमा धेरै राजनीतिक उतारचढाव हुँदा पनि बलिउडका कलाकारहरुले कहिल्यै सडकमा नउत्रने गरेको बीबीसीको सवालमा उनले भने, ‘म पनि वास्तवमा यो कुराप्रति धेरै नै दुःखी छु । यहाँ यति धेरै ठूल्ठुला कलाकारहरु छन्, सामाजिक सञ्जालमा उनीहरुको लाखौं फलोवर्सहरु छन् तर देशमा केही भएको खण्डमा एक शब्द पनि बोल्दैनन् ।’

उनका अनुसार फिल्मी कलाकारहरु एकदमै सफ्ट टार्गेटवाला हुन्छन् । उनले भने, ‘यहाँ ९० प्रतिशत कलाकारहरु अनपढ छन् र उनीहरुमा असल के हो र गलत के हो भन्ने ज्ञान छैन र साँच्चै भन्ने हो भने यहाँ अब यसअघिजस्ता मानिसहरु पाइदैँनन् जो पाँच कक्षा पास गरेर ‘मुग्ले आजम’ बनाउन सकोस् ।’

पछिल्लो तीन वर्षमा जे भयो थियो त्यो देशको पहिलो विरोध थियो र त्यो एफटीआईआईबाट शुरु भएको थियो । उक्त विरोध एक फिल्म इन्स्टिच्युटबाट भएकोले यसबाट उनलाई एकदमै खुसी मिलेको प्रतिक्रिया दिए ।

 

The post लाखौं फलोअर्स भएका ९० प्रतिशत बलिउड कलाकार अनपढ ! appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3084

Trending Articles