बलिउड । फिल्ममा पाउने एउटा सानो भुमिकाले धेरैको मन जित्न सफल भइन्छ । बलिउडमा कतिपय यस्ता प्रख्यात कलाकारहरु रहेका छन् जसले ‘गेस्ट अपिरेन्स’का भरमै चर्चा बटुले र आफ्नो भाग्य समेत बदल्न सफल भए ।
धेरै कलाकारहरु अब ‘गेस्ट अपिरेन्स’ को भुमिका गर्न समेत हिचकिचाउँदैनन् । एउटा सानो भुमिका कारण नयाँ परिचय बनाउने कलाकारहरुले आफ्नो जीवनमा यति ठुलो सफलता पाइएला भनेर नसोचेको समेत बताउँछन् ।
सलमानको पनि ‘गेस्ट अपिरेन्स’ बाट भाग्य चम्किएको थियो ।
बलिउड दबंग नायक सलमान खानले पनि ‘गेस्ट अपिरेन्स’ भुमिकाबाट आएका हुन् भन्दा धेरैलाई विश्वास नलाग्न सक्छ । उनले पहिलो पटक डेब्यु गरेको फिल्म ‘बीबी हो तो ऐसी’ मा ‘गेस्ट अपिरेन्स’ गरेका थिए । यसपछि भने सलमान खानको भाग्य चम्कियो । यस फिल्म लगत्तै उनले फिल्म ‘मेने प्यार किया’ गरे । उक्त फिल्म सुपरहिट भएको थियो ।
The post सलमान खानको भाग्य यसरी चम्किएको थियो appeared first on Sajha Post.