एजेन्सी । भारतीय कमेडियन कृष्णा अभिषेकले कपिल शर्मासँग कुनै पनि विवाद नभएको जिकिर गरेका छन् ।
टिभी च्यानल हिस्ट्रीमा मंगलबार नयाँ शो ‘ये मेरा इंडिया’को लञ्च कार्यक्रममा सहभागी कृष्णाले भने, ‘यहाँ कुनै पनि विवाद छैन । कपिल र उनको शो का लागि केही गरेको छैन । कपिलको शो को प्रसारण राति ९ बजेदेखि १० बजेसम्म हुन्छ र मेरो शो ८ देखि ९ बजेसम्म हुन्छ । यसमा कुनै विवाद छैन ।’
उनले आफ्नो शो को प्रमोशनका लागि कपिलको शो मा जान चाहेको समेत बताए । उनले भने, ‘यहाँसम्म कि मैले च्यानलसँग भनेको छु कि हाम्रो शो को प्रमोशनका लागि कपिलको शो मा जानेछु । मलाई लाग्छ कि पछिल्लो पाँच वर्षमा हामी एकसाथ साझा गर्न गइरहेका छौं । म आफ्नो शो सुरु गर्न र कपिलको शो मा जानका लागि निकै उत्साहित छु ।’
नयाँ कमेडी शो मा अली असगर, संकेत भोंसले र सुगंधा मिश्रा जस्ता कमेडियन समेत सहभागी हुने तयारी गरिरहेको बताइएको छ । उता कमेडियन तथा अभिनेता सुनिल ग्रोवरले हालसम्म आधिकारिक रुपमा उक्त शो मा सहभागी हुने/नहुने पुष्टि गरेका छैनन् ।
The post ‘कमेडी शो’को प्रमोशनका लागि कपिलको शो मा जान चाहन्छन् कृष्णा appeared first on Sajha Post.