एजेन्सी । भारतीय चर्चित टिभी सिरिज ‘बिग बोस’मा यसपाली पनि हङ्गामा मच्चिने सम्भावना छ । यो पटक अर्थात १० औँ सिरिजमा पाकिस्तानकी मोडल कन्दील बलोचको सहभागिता रहने चर्चा छ । उनी विभिन्न विवादस्पद भनाईका कारण चर्चामा छिन् । उनलाई पाकिस्तानकी पुनम पाण्डे पनि भन्ने गरिन्छ ।
कन्दील बलोच उनै हुन्, जसले यसपालीको टी–२० वल्र्डकप चल्दै गर्दा चर्चित क्रिकेटर विराट कोहलीलाई खुलेआम प्रपोज गरेकी थिइन् । साथै पाकिस्तानी टीमले वल्र्डकप जिते कपडा उतार्ने घोषणा समेत गरेकी थिइन् । विल्कुल भारत की मोडल पुनम पाण्डे जस्तै ।
रिपोर्टका अनुसार कन्दील ‘बिग बोस १०’को एक हिस्सा बन्न सक्नेछिन् । स्रोतका अनुसार मेकर्सले उनलाई बोलाएका छन् । पछिल्ला दिनमा उनले यस शो लाई लिएर एउटा पोष्ट गरेर सङ्केत गरेकी थिइन् । यसपटकको सिजन पहिलेदेखि नै चर्चामा छ किनकी यस वर्षदेखि आममानिस पनि सहभागि हुन सक्नेछन् ।
The post ‘बिग बोस १०’मा देखिन सक्नेछिन् विराटलाई प्रपोज गरेकी पाक मोडल कन्दील बलोच appeared first on Sajha Post.