Quantcast
Channel: Entertainment – Sajha Post
Viewing all articles
Browse latest Browse all 3084

बलिउड कमेडियन रज्जाक खानको हृदयघातका कारण निधन

$
0
0

मुम्बई । भारतीय कमेडियन रज्जाक खानको मृत्यु भएको छ । बलिउडमा ‘गोल्डेन भाई’को नामले परिचित रज्जाकको हृदयघातका कारण बुधबार निधन भएको हो । रज्जाक खानले बलिउडमा कमेडियन र चरित्र अभिनेताको छवि बनाएका थिए ।

razzak-khan
उनले दिउँसो साढे दुई बजे अन्तिम सास लिएका थिए । उनलाई हृदयघात भएपछि बान्द्रा अस्पतालमा भर्ना गरिएको थियो ।

रज्जाक खानले १९९३ मा फिल्म ‘रुपकी रानी, चोरों का राजा’बाट करियर सुरु गरेका थिए । उनले शाहरुख खान अभिनित फिल्म ‘बादशाह’मा मणिकचंदको भूमिकामा, सलमान खान अभिनित फिल्म ‘हेलो ब्रदर’मा निंजा चाचाको भूमिकामा र गोविन्दा अभिनित फिल्म‘आखियों से गोली मारे’मा उनले टक्कर पहलमानको भूमिका निभाएका थिए ।

रज्जाक खानको निधनले बलिउड स्तब्ध बनेको छ । उनले ९० भन्दा बढी फिल्ममा काम गरेका थिए ।

The post बलिउड कमेडियन रज्जाक खानको हृदयघातका कारण निधन appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3084

Trending Articles