एजेन्सी, २१ जेठ । यस्ता धेरै बलिउड अभिनेत्रीहरु छन् जो क्रिक्रेटरसँग लब अफेयर रहेका कारण चर्चामा रहेका छन् । उनीहरुको रोमान्सका कारण धेरै मसालेदार समाचार पनि बेला बेलामा आइनैरहन्छन् । भारतमा क्रिक्रेट, बलिउडमा ठुलो धनराशी लगानी हुनेगर्छ । त्यही भएर पनि अभिनेत्रीहरु क्रिक्रेटरसँग लवअफयेर गर्न रुचाउँने फिल्म विश्लेषकहरु बताउँछन् ।
बिराट कोहली र अनुष्का शर्मा
सन् २०१४ र २०१५ मा सबैभन्दा बढी चर्चा रह्यो यो जोडीको । कहिले रोमान्सका कारण, कहिले ब्रेकअपका कारण त कहिले प्याचअपका कारण । सन् २०१३ मा एउटा सानो व्यापारिक कार्यक्रममा उनीहरु भेट भएका थिए । त्यसपछि उनीहरुको प्रेम कथा सूरु भयो । हाल उनीहरुको विवाहको चर्चा भइरहेको छ ।
उसमान अफजल र अमृता अरोरा
चार वर्षसम्म अफयेर चलेको यो जोडीको पनि ब्रेकअप नै भयो । युकेमा बस्दै आइरहेका क्रिक्रेटरलाई धोका दिदै व्यापारी सकिल लडाकसँग अमृताले विवाह गरिन् । लडाकसँग ६ महिनाको अफेयर चलेपछि उनले विवाह गरेकी थिइन् ।
शर्मिला टेगोर र मन्सुर अली खान पटाउँदी
बलिउडको पुरानो तर चर्चीत लब स्टोरी रह्यो शर्मिला र मन्सुरको । बेंगली केटी तथा मुस्लिम केटा रहेका यी दुईको जोडी आज सम्म चर्चा हुने गर्छ । राज परिवारको सम्बन्धमा आएकी शर्मिलालाई अन्तत मन्सुरले विवाह नै गरे । शाही घरनाभन्दा पनि उनीहरुको प्रेम उच्च रह्यो ।
रवि शास्त्री र अमृता सिंह
रवि शास्त्रीलाई नचिन्ने कमै होलान् । अमृतालाई जब देखे उनी पहिलो भेटमै मायामा परे । तर उनीहरुको प्रेमको सूरुवात सुखद भएपनि अन्त्य दुखद नै रह्यो । केही वर्ष अफयेर चल्यो तर अन्तत उनीहरु अलग्गिए ।
ब्रिट लिइ र प्रिति जिन्डा
ब्रिट र प्रितिको लवस्टोरीबारे खुलेर कसैले पनि चर्चा गरेनन् । तर उनीहरु धेरैपटक सँगै देखिए । उनीहरु एकअर्कालाई डेटिङ गरेको खबर बाहिर आइरहँदा ब्रिटले भने लाना एन्डरसँग विवाह गरे ।
The post यी हुन् चर्चित ५ क्रिकेटरहरु जो बलिउड अभिनेत्रीको मायाजालमा परे appeared first on Sajha Post.