Quantcast
Channel: Entertainment – Sajha Post
Viewing all articles
Browse latest Browse all 3084

गीतकार कुसुम गजमेरको निधन

$
0
0

काठमाडौं, १८ जेठ । संगितकार रञ्जित गजमेरकी श्रीमति तथा गीतकार कुसुम गजमेरको विहीबार भारतको मुम्बईमा निधन भएको छ । नेपाली सांगितक क्षेत्रमा लोकप्रिय गीत लेख्ने गजमेरलाई कलेजोसम्बन्धि रोग थियो ।
मोहनी लाग्ला है, वीरताको चीनो, झझल्को लिएर आएछ सावन, यो मुटुलाई, चिया बारीमा हो चिया बारीमा, माया के होला आदि उनका लोकप्रिय गीत हुन् । उनको शब्दमा आशा भोसले, नारायणगोपाल, उदित नारायण झा, दीपा झालगायतका चर्चित गायक गायिकाले स्वर दिएका छन् । पुराना नेपाली चलिचित्रका लोकप्रिय र कर्णप्रिय गीत उनले लेखेकी थिइन् । नेपाली फिल्म उद्योगमा उनका शव्दले भरिएका गीतहरू आजपनि चर्चा हुने गरेको छ ।
७२ वर्षकी कुसुम भारतको दार्जिलिङमा विसं २००२ असोज १७ गते जन्मेकी उनी लामो समयदेखि मुम्बईमा बस्दै आएकी थिइन् । बाँसुरी, लाहुरे, देउता, पिरती, सम्झना, चिनो, दुई थोपा आँसुसहितका नेपाली फिल्ममा उनले गीत लेखेकी छन् । नेपाली फिल्म क्षेत्रमा उनका आफन्त तुलसी घिमिरेको सक्रियतालाई उनले साथ दिएकी थिइन् । उनका पति रञ्जित गजमेरका प्रायः संगित रहने गीतमा उनका शव्द रहन्थे ।

The post गीतकार कुसुम गजमेरको निधन appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3084

Trending Articles