एजेन्सी, १३ जेठ । हाम्रो समाजमा विवाह अगाडि नै बच्चा जन्माउनुलाई सहजै स्वीकारिँदैन । तर बलिउड र हलिउडमा यस्ता घटनाहरु सामान्य मानिन्छन् । यहाँ विवाहअगाडि नै आमा बनेका केही सेलिब्रेटीहरुलाई प्रस्तुत गर्दैछौं-
१. सेलिना जेट्ली
फिल्म जानशी बाट बलिउडमा प्रवेश गरेकी अभिनेत्री सोलिना जेट्ली फेरि आमा बन्ने भएकी छन् । उनीले यसभन्दा पहिले पनि जुडुवा बच्चाहरुलाई जन्म दिएकी थिइन् र फेरि पनि उनले जुडुवा बच्चा नै जन्माउने बताइएको छ । २०१२ मा आफ्ना प्रेमी पीटरसँग विवाह अघि नै तीन महिनाको गर्भ बोकेकी उनले यो थाहा पाएपछि तुरुन्तै विवाह गरेकी थिइन् र केहि महिनामै उनी २ सन्तानकी आमा बन्न पुगिन् ।
२. श्रीदेवी
यस सूचीमा श्रीदेवी पनि पर्छिन् । स्रोतका अनुसार श्रीदेवी बोनी कपूरसँग विवाह गर्नु अघि नै सात महिनाको गर्भवती थिइन् । यसै कारण बोनी कपूरले आफ्नी जेठी श्रीमती मोना कपूरलाई डिभोर्स नदिइकनै श्रीदेवीसँग विवाह गरेका थिए । विवाहको केहि समयपछि नै श्रीदेवीले जेठी छोरी जान्वीलाई जन्म दिएकी थिइन् ।
३. महिमा चौधरी
उनले पनि हतारमा विवाह गरेर सबैलाई अचम्मित पारेकी थिइन् । उनको करिअर राम्रो चलिरहेकोमा अचानक उनी आमा बन्ने खबर बाहिर आएपछि विवाह गरेकी थिइन् । तर, उनको विवाह लामो समय भने चल्न सकेन । उनको डिभोर्स भइसकेको छ ।
४. अमृता अरोरा
मलाइकाकी बहिनी अमृता अरोराले पनि आफ्नो विजनेसम्यान प्रेमीसँग कसैलाई खबर नगरी चुपचाप विवाह गरेकी थिइन् । विवाहको केहि महिनामै उनी आमा बनेकी थिइन् ।
५. कोङ्कोना सेन
अर्की अभिनेत्री कोङ्कोना सेन शर्माले पनि रणवीर शौरीसँग लामो समय लिभिङ रिलेसनमा बसेपछि २०१० मा विवाह गरेकी थिइन् । २०११ मा नै उनले एउटा छोरालाई जन्म दिइन् । स्रोतले जनाए अनुसार उनी गर्भवती भएका कारण उनको बिहे हतारमा गरिएको थियो ।
६. विणा मलिक र कमल हसन
त्यस्तै अभिनेत्री विणा मलिकले विवाह अघि नै सबैलाई आफू आमा बन्ने खबर सुनाइसकेकि थिइन् । यस्तै कमल हसनले पनि आफ्नी दुई छोरीलाई जन्म दिएपछि मात्र सारिकासँग विवाह गरेका थिए ।
The post यी अभिनेत्री जो विवाह अगाडि नै आमा बने appeared first on Sajha Post.