काठमाडौं, ११ जेठ । चलचित्र ‘धनपति’ को ट्रेलर सार्वजनिक भएको छ ।
शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गर्दै दीपेन्द्र के खनाल निर्देशित चलचित्र ‘धनपति’ को ट्रेलर सार्वजनिक गरिएको हो ।
खगेन्द्र लामिछानेले लेखेको कथामा खगेन्द्र र सुरक्षा पन्तको मुख्य भूमिका रहेको छ । चलचित्रमा तराईबाट काठमाडौं आएर संघर्ष गर्ने एक परिवारको कथालाई देखाउन खोजिएको छ । चलचित्र असार २३ गते रिलिज हुँदैछ ।
ट्रेलर हेर्नुहोस्:
The post ‘धनपति’ मा यस्तो देखिए खगेन्द्र (ट्रेलरसहित) appeared first on Sajha Post.