Quantcast
Channel: Entertainment – Sajha Post
Viewing all articles
Browse latest Browse all 3084

उपन्यास पढ्न हुटहुटी जगाउने ‘पैताला’को भिडियो

$
0
0

पोखरा, ११ जेठ । लेखक गनेस पौडेलको बजारमा आउन लागेको उपन्यास ‘पैताला’को भिडियो प्रचार सामग्री सार्वजनिक भएको छ । उपन्यासको ‘थिम’ बोकेको गीतमार्फत यसको प्रकाशक तथा वितरक संस्था बुक हिलले प्रचारलाई तिव्र बनाएको हो ।

प्रकाशक संस्था ‘बुक हिल’ र ‘जक्सन टिभी’ले संयुक्त रुपमा यो भिडियोलाई सार्वजनिक गरेका हुन् । पुष्पन प्रधानको संगीत संयोजन र गायनमा तयार भएको गीतमा अभिनेता कपिल शर्मा फिचर छन् । भिडियोलाई अरुण गिरीले निर्देशन गरेका हुन् भने मिलन शंकरले खिचेका हुन् । नेत्र गुरुङ यो भिडियोको सम्पादक हुन् ।

निर्देशक गिरीले अभिनेता कपिल शर्मालाई भिडियोमा जोगीको भेषमा प्रस्तुत गरेका छन् । ‘किताबको थिम अनुसार नै हामीले भिडियो तयार पारेका हौँ,’ निर्देशक गिरीले भने–‘दर्शकले भिडियो हेरसँगै किताब पढ्ने हुटहुटी जाग्ने हामीले विश्वास लिएका छौँ ।’ भिडियोमा अभिनेता कपिल शर्मा तन्त्रमन्त्र जान्ने जोगीको रुपमा देखिएका छन् । यो गीत लेखक गनेस पौडेल आफैले लेखेका हुन् ।

गनेस पौडेलको पहिलो उपन्यास ‘पैताला’ जेठको १३ गतेदेखि बजारमा आउँदैछ । उपन्यासको प्रकाशकले विशेष समारोहका बीच काठमाडौंको शिल्पी थिएटरमा यो पुस्तकको विमोचन गर्ने कार्यक्रम राखेको छ । काठमाण्डौ बाहिरको बजारमा १५ गतेसम्म उपन्यास आईसक्ने लेखक पौडेलले जानकारी दिए ।

तन्त्रमन्त्रको बारेमा लेखिएको उपन्यास भएकोले यसले पाठकको ध्यान खिच्नेमा आफु ढुक्क रहेको लेखक बताउँछन् । ‘मैले जानेअनुसार नेपालमा तान्त्रिक उपन्यास कमै मात्र छन् । बजारमा आईरहने उपन्यासको तुलनामा यो पाठकको लागि फरक स्वाद हुन सक्छ,’ पौडेलले भने । लेखक आफैँ चाँहि यो उपन्यासलाई रहस्य विज्ञान (मिस्टिसिज्म)मा आधाारित कृति भन्न रुचाउँछन् ।

गनेस पौडेल पोखरामा राम्रो लेखकसँगै कवि तथा गीतकारको रुपमा चिनिन्छन् । लेखकको लामो समय यता विभिन्न पत्रपत्रिकाहरुमा फुटकर रचनाहरु प्रकाशित हुँदै आएका छन् । कृतिको रुपमा पहिलो कृति भएपनि यो उपन्यासको प्रकाशक संस्था ‘बुक हिल’ले कृति पढिसकेपछि पाठकहरुलाई लेखकप्रति कुनै गुनासो नहुने दाबी गरेको छ ।

लेखक गनेस पौडेल ¥याण्डम रिडर्स सोसाइटीका पुर्व अध्यक्ष समेत हुन् । उनी शैक्षिक क्षेत्रसँग पनि आबद्ध छन् । लेखक पौडेलले पोखरामा देउराली एग्रो रिसोर्टसमेत संचालन गर्दै आएका छन् ।

भिडियोको लागि यो लिंक प्रयोग गर्नुहोला

The post उपन्यास पढ्न हुटहुटी जगाउने ‘पैताला’को भिडियो appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3084

Trending Articles