एजेन्सी, ११ जेठ । अहिले बलिउडमा बाहुबलीको चर्चा कम नहुँदै उता चीनमा भने आमीरको चर्चा सरु भएको छ । अमिरको फिल्म दङ्गल भारतमा मात्र सफल नभएर अन्तराष्ट्रिय क्षेत्रमा समेत चर्चा बटुल्ने क्रममा रहेको छ । यसैगरी हालैमा दङ्गल चीनको सर्वाधिक कमाई गर्ने फिल्म बन्न सफल भएको छ ।
यसै फिल्मका कारण आमीर खानले चिनीयाहरुको मन जितेका छन् । यससँगै चीनको सामाजिक सञ्जालको साइट वीबोमा अहिले अमिरका फ्यानहरुको भीड लागेको छ र त्यसको सङ्ख्या मोदीको फलोअर्स् भन्दा पनि बढी रहेको बताइएको छ ।
दङ्गलको चर्चा चीनमा बढेसँगै अमिरको फ्यान फलोइङ पनि त्यहाँ बढ्ने क्रममा रहेको छ । चीनमा बलिउड कलाकारहरु कमै चर्चामा छन् । थ्री इडियट्स चीनमा रिलिज भएदेखि नै अमिरका त्यहाँ थुप्रै फ्यानहरु थिए । ज्याकी च्यानले समेत उनको तारिफ गरिसकेका छन् ।
The post मोदीभन्दा अमिरलाई बढी रुचाउँछन् चिनियाँहरु appeared first on Sajha Post.