एजेन्सी, १० जेठ । बलिउडमा नाम चलेका फिल्ममा नाम चलेका कलाकारले कति कमाउलान् अथवा कति पारिश्रमिक लेलान् ? तर, सबै फिल्म खेलेर पारिश्रमिक लिइन्छ वा पाइन्छ नै भन्ने छैन । बलिउडका यी सेलिब्रेटीहरुले आफुले खेलेका यी फिल्महरुका लगि कुनै पारिश्रमिक लिएनन्-
१. साहिद कपूर
पछिल्लो वर्ष रिलिज भएको उनको फिल्म ‘उडता पन्जाब’ मा आफ्नो प्रशंसनीय अभिनय दिइसकेका साहिद कपूरको २०१५ को फिल्म फेयर अर्वाड जित्न सफल फिल्म ‘हैदर’ ले उनको करियर बदलेको थियो । तर, के तपाईलाई थाहा छ यो फिल्म खेलेबापत साहिदले एक रुपैँया पनि लिएका थिएनन् । यस फिल्ममा मुख्य भूमिका खेल्न पाएकोमा उनी निकै हर्षित थिए र त्यसैकारण उनले यसका लागि कुनै पैसा लिएनन् ।
२. क्याट्रिना कैफ
करन जोहरको फिल्म ‘अग्नीपथ’ मा आइटम डान्स गरेकोमा उनले कुनै पारिश्रमिक लिएकी थिइनन् । यस गीतका लागि भने उनले धेरै मिहिनेत गरेकी थिइन् । पछि फिल्मको सुटिङ सकिएपछि करन जोहरले उनलाई फरारी गिफ्ट दिएका थिए ।
३. दिपिका पादुकोण
फिल्म ‘ओम शान्ति ओम’ का लागि उनले कुनै पारिश्रमिक लिएकी थिइनन् । यो उनको पहिलो फिल्म थियो र यसै फिल्मबाट उनले दर्शकको मन जितेकी थिइन् । आफ्नो पहिलो फिल्ममैै अभिनेता शाहरुख खानसँग काम गर्ने मौका पाएकाले उनले केहि नलिएको बताएकी थिइन् ।
४. शाहरुख खान
फिल्म ‘भुतनाथ’ मा शाहरुखले आफुले गरेको अभिनयको कुनै पैसा लिएका थिएनन् । उनको रोल धेरै लामो नभएपनि महत्वपूर्ण रहेको थियो ।
५. सलमान खान
सुपर स्टार सलमान खानले सधैँ आफ्ना साथीहरुका लागि मद्दतको हात बढाएका छन् । त्यसैकारण उनले आफ्नो छोटो रोलका लागि फिल्म ‘सन अफ सरदार’, ‘तीस मार खाँ’ र ‘फगली’मा विनापैसा काम गरेका थिए ।
रानी मुखर्जी
करन जोहर र रानी मुखर्जी ज्यादै मिल्ने साथी हुन् । यसै कारण आफ्नो बेष्ट फ्रेन्डको फिल्म ‘कभि खुसी कभि गम’ का लागि उनले कुनै पैसा लिएकी थिइनन् ।
७. सोनम कपूर
मिल्का सिंह को जीवनमा आधारित फिल्म ‘भाग मिल्का भाग’ बलिउडको सफल फिल्म हो । यसै फिल्ममा फरहान अख्तरकासाथ देखापरेकी सोनम कपूरले सो फिल्मका लागि कुनै पारिश्रमिक लिएकी थिइनन् ।
८. सोनाक्षी सिन्हा
अक्षय कुमारसँग सबैभन्दा धेरै फिल्म खेलेकी सोनाक्षी सिन्हाले उनकै फिल्म ‘बस’ को एउटा गीतका लागि कुनै पैसा लिएकी थिइनन् ।
९. फरहान अख्तर
निर्देशक ओम प्रकाश मेहराको फिल्म ‘भाग मिल्का भाग’ मा फरहान अख्तरको अभिनयले धेरैको प्रशंसा पाएको थियो । उनले फिल्म फेयरमा बेष्ट एक्टर अवार्ड समेत पाएका थिए । यस फिल्मका लागि उनले निकै कडा मिहिनेत गरेतापनि आशीर्वाद स्वरुप ११ रुपैयाँ बाहेक उनले केहि पनि लिएनन् ।
The post यी फिल्मबाट पारिश्रमिक लिएनन् सेलिब्रेटीहरुले, किन ? appeared first on Sajha Post.