काठमाडौं, १० जेठ । ‘मिस्टर एण्ड मिस सेन्ट्रल नेपाल २०१७’ को पहिलो संस्करणको अडिसन सुरु भएको छ ।
सेन्ट्रल नेपालका युवा एवम् युवतीहरुको प्रतिभा प्रदर्शन गर्ने थलोको रुपमा आयोजना गर्न लागिएको ‘मिस्टर एण्ड मिस सेन्ट्रल नेपाल’को दोस्रो अडिसन आउदो शनिबार (जेठ १३) बेन्टो क्याफे बसन्तपुरमा दिउँसो १ बजे देखि ४ बजेसम्म राखिएको छ ।
कम्तिमा १२ कक्षासम्म अध्ययन तथा १६ वर्ष देखि २५ वर्ष सम्मकाले यस प्रतियोगितामा सहभागी हुन पाउने बताइएको छ । सेन्ट्रल नेपालका सबै ठाउँबाट प्रतिनिधित्व होस् भन्ने अभिप्रायले आउँदो जेठ १३ गते दोस्रो अडिसन राखिएको हो । अडिसनबाट छानिएका युवा युवतीहरुलाई सम्बन्धित क्षेत्रका विभिन्न प्रशिक्षकहरुले एक महिना व्यक्तित्व विकास, वाचन कला, सौन्दर्य, स्वास्थ्य, पर्यटन लगायतका विभिन्न विषयमा प्रशिक्षण गराइने यस इभेन्टका निर्देशक मदन पौडेलले बताएका छन् । एम.पि इभेन्टस् म्यानेज्मेन्टको आयोजनामा सो इभेन्ट गर्न लागिएको हो ।
The post ‘मिस्टर एण्ड मिस सेन्ट्रल नेपाल २०१७’ को अडिसन सुरु appeared first on Sajha Post.