Quantcast
Channel: Entertainment – Sajha Post
Viewing all articles
Browse latest Browse all 3084

पुनर्निर्माणमा जुट्न खुत्रुके फुटाएर बालिकाले गरिन् सहयोग (भिडियोसहित)

$
0
0

Dhrumus Suntaliकाठमाडौं, १६ जेठ । हाँस्यकलाकार सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) ले पुनर्निर्माणमा जुट्न सबैसँग आग्रह गरेका छन् ।

डा. भीष्मकुमार भुसालको यो प्रण बोलको गीतमा अभिनय गर्दै उनीहरुले यस्तो आग्रह गरेका हुन् । हाम्रो वास्तविकतामा आधारीत रहेर हाम्रो गीतले मनको कुरा बोलेकाले व्यस्तताको बाबजुद पनि उक्त गीतमा अभिनय गरेको उनीहरुको भनाई छ ।

भिडियोमा धुर्मुस सुन्तलीले घर बनाउन नसकिरहेका वृद्धवृद्धालाई सहयोग गरेको देखाउनुका साथै उनीहरुको अभियानमा बालिकाले खुत्रुके फुटाएर सहयोग गरेको समेत देखाइएको छ । यस अघि पनि केहि गीतमा शब्द दिइसकेका डा. भुसालको शब्दलाई स्वरुपराज आर्चाय र स्मीता दाहालले गाएका छन् ।

बसन्त सापकोटाको संगीत रहेको गीतको भिडियो सरोज ओलीले निर्देशन गरेका हुन् । भिडियोलाई सुदिप बरालले खिचेका हुन् भने रञ्जन न्यौपानेले सम्पादन गरेका छन् । शुभ मिडिया होम प्रा.लीको प्रस्तुती रहेको गीतमा सेभ द चिल्ड्रेनको सहयोग छ ।

हेर्नुहोस भिडियो 

The post पुनर्निर्माणमा जुट्न खुत्रुके फुटाएर बालिकाले गरिन् सहयोग (भिडियोसहित) appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3084

Trending Articles