Quantcast
Channel: Entertainment – Sajha Post
Viewing all articles
Browse latest Browse all 3084

‘सुल्तान’मा अरिजितको गीत समावेश हुन्छ की हुन्न, सलमानले लिइसके फैसला !

$
0
0

काठमाडौं, १४ जेठ । सलमान खानको बहुप्रतिक्षित फिल्म ‘सुल्तान’मा अरिजित सिंहको गीत समावेश हुन्छ या हुन्न ? यो सवाल पछिल्लो केही दिनदेखि सामाजिक सञ्जालमा निकै चर्चाको विषय बनिरहेको छ ।

Salma Vs Arijit

अरिजित सिंहले सामाजिक सञ्जालमा खुल्ला पत्र पोष्ट गरेर सलमान समक्ष यो अपील गरेका थिए की आफ्नो गीत ‘सुल्तान’बाट नहटाउनु । सुत्रका अनुसार अरिजितले गाएको गीतमा सलमानले आफ्नो अन्तिम निर्णय लिइसकेका छन् ।

अरिजितले जब सामाजिक सञ्जालमा खुल्ला पत्र पोष्ट गरे, सलमानले त्यसको कुनै प्रतिक्रिया जनाएका थिएनन् । र, अरिजितले सलमानकै घरमा गएर माफी माग्ने योजना बनाएका छन् । तर बलिउडलाइफ.कमको खबर अनुसार अरिजित अब सलमानको घरमा गई भेटेर अथवा अरु केही…, त्यसले केही फाइदा हुनेवाला छैन । सलमानले ‘सुल्तान’को मेकर्ससँग मिलेर गीतको फैसला लिइसकेका छन् ।

स्रोतका अनुसार सलमानले यो फैसला लिएका छन् की ‘सुल्तान’मा अरिजितको गीत रहने छैन । हटाइने छ । बताइए अनुसार सलमानलाई यो लाग्दैन की अरिजितले गाएको गीत ‘सुल्तान’को लागि कुनै ठाँउ होस् ।
अरिजितले पहिले नै आशंका लिएका थिए की सलमान खान फिल्म ‘सुल्तान’बाट उनको गीत हट्ने छ ।

The post ‘सुल्तान’मा अरिजितको गीत समावेश हुन्छ की हुन्न, सलमानले लिइसके फैसला ! appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3084

Trending Articles