Quantcast
Channel: Entertainment – Sajha Post
Viewing all articles
Browse latest Browse all 3084

चर्चित मोडल सोनिकाको सडक दुर्घटनामा मृत्यु

$
0
0

एजेन्सी । कोलकत्तामा आज भएको सडक दुर्घटनामा मोडल एवं अभिनेत्री सोनिका चौहानको मृत्यु भएको छ । सोनिका कारमा बंगाली अभिनेता विक्रम चटर्जीसँग जाँदै थिइन् । उक्त दुर्घटना कोलकत्ताको रासबेही एवेन्यूमा भएको थियो ।

भयानक सवारी दुर्घटनामा विक्रम भने गम्भीर घाइते भएका छन् । चिकित्सकका उनी अहिले खतरामुक्त छन् ।सोनिकालाई अस्पताल पुर्‍याउने बितिक्कै मृत घोषणा गरिएको थियो ।

सोनिका पश्चिम बंगालकी चर्चित मोडलमा गनिन्थिन् । उनले धेरै चर्चित फेशन शो र विज्ञापनहरुमा काम गरेकी थिइन् । प्रो कबड्डी लिगमा उनले उद्घोषण समेत गरेकी थिइन् । विक्रम पनि टिभी अभिनेता हुन् ।

The post चर्चित मोडल सोनिकाको सडक दुर्घटनामा मृत्यु appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3084

Trending Articles