मुम्बई । बलिउड चर्चित फिल्म निर्देशक फरहान अख्तर र उनकी पत्नी अधुनाबीच सम्बन्ध-विच्छेद भएको छ । यी दुईको विवाह भएको १७ वर्षपछि एकआपसमा अलग भएका हुन् । अदालतले यस विषयमा फैसला गरि यी दुईको वैवाहिक सम्बन्ध टुटेको बताएको हो ।
सन् २०१६ को अक्टोबरमा बान्द्राको एक अदालतमा डिभोर्सका लागि सम्बन्ध-विच्छेदका लागि आवेदन दिइएको थियो । फरहान र अधुनाको बयान सुनेपछि अदालतले यस्तो फैसला सुनाएको हो ।
अदालतले फरहानका दुई बच्चा भने अधुनाको जिम्मामा हुनेछ । यद्यपी, फरहानले बिना रोकतोक आफ्नो बच्चासँग भेट्न सक्छन् । फरहार र अधुनाले आपसी समझदारीमा नै आफ्नो वैवाहिक जीवन समाप्त पारेको बताएका छन् । यी दुईले सन् २००० मा विवाह गरेका थिए ।
The post विवाहको १७ वर्षपछि पत्नीसँग अलग्गिए फरहान appeared first on Sajha Post.