एजेन्सी । २८ अप्रिलमा रिलिज हुन गइरहेको फिल्म ‘बाहुबली २’ रिलिज हुनु अगावै चर्चामा छ । कटप्पाले बाहुबलीलाई किन मार्यो भन्ने विषयमा सबै दर्शकहरु उत्सुक रहेकाले पनि ‘बाहुबली २’ सफल हुनेमा कुनै शंका छैन । तर फिल्मको अन्त्य र सबैभन्दा ठूलो रहस्य रिलिज अगाडि नै खुलिसकेको छ ।
स्रोतका अनुसार ‘बाहुबली २’ को क्लाइम्याक्स मात्र ४५ मिनेटको हुनेछ र यसले सबै रेकर्डहरु तोड्नेछ । यो क्लाइम्याक्स सिनका लागि ३० करोडको सेट लगाइएको थियो ।
उता कटप्पाले बाहुबलीलाई किन मारे भन्ने रहस्यबारे भने फिल्मका मुख्य अभिनेता प्रभासले केही रोचक बयान दिएका थिए । उनले यसबारे भने की यो रहस्यको खुलासा ‘बाहुबली ३’ मा मात्र खुल्नेछ ।
यसबारे वास्तविक तथ्य जान्नका लागि सबैलै ‘बाहुबली २’ नै हेर्नु पर्ने हुन्छ ।
The post खुल्यो ‘बाहुबली २’ को रहस्य, यस्तो हुनेछ फिल्मको अन्त्य appeared first on Sajha Post.