Quantcast
Channel: Entertainment – Sajha Post
Viewing all articles
Browse latest Browse all 3084

चीनमा हुनेछ आमिरको दंगल

$
0
0

एजेन्सी । भारत-चीनको सम्बन्धमा हालका दिनहरुमा तितोपना रहँदै आएको छ । तर यसैबीच बलिउड सुपरस्टार आमिर खान चीन पुगेका छन् ।

आमिर चीनमा आफ्नो फिल्म दंगलको प्रिमियरको लागि बेजिङमा छन्, जुन इन्टरनेशनल फिल्म फेस्टिबलमा देखाइएको थियो । आमिर ती कमै बलिउड स्टारहरुमा पर्छन् जसको चीनमा पनि प्रशस्तै फ्यान छन् ।

केही वर्ष पहिले जब ‘थ्री इडियट’ आएको थियो तब चीनमा यस फिल्मको लोकप्रियताले सबैलाई अचम्म बनाएको थियो । त्यही समयदेखि अमिर त्यहाँ पनि लोकप्रिय भएका थिए ।

ज्याकी च्यानले पनि धेरैपटक ‘थ्री इडियट्स’ को तारिफ गरिसकेका छन् । फिल्म दंगल चीनमा पनि रिलिज गरिनेछ र आमिर केही दिन चीनमा रहने छन् र फिल्मको प्रमोशन गर्नेछन् ।

सलमान खानको अब आउने फिल्म ट्युवलाइटमा पनि चीनकी अभिनेत्री छिन् र यसको सुटिङ भारतमा चल्दैछ । हालका दिनहरुमा चीन र भारतले मिलेर फिल्म बनाएका छन् ।

The post चीनमा हुनेछ आमिरको दंगल appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3084

Trending Articles