Quantcast
Channel: Entertainment – Sajha Post
Viewing all articles
Browse latest Browse all 3084

दुई रणवीरसँग देखिँदै आलिया

$
0
0

मुम्बई । पछिल्लो समय बलिउडमा सफलता हासिल गरेकी आलिया भट्ट यसपटक पनि आशा लाग्दो चलचित्रका साथ देखिने भएकी छन् ।

आलियाका लागि दुईवटा निकै राम्रा प्रोजेक्टहरुले पर्खिरहेका छन् । यसको सुटिङ चाँडै नै सुरु हुने बताइएको छ । श्रोतका अनुसार आलिया रणवीर सिंहसँग गली ब्वाई र कपूरसँग ड्रयागन नामको चलचित्रमा देखिनेछिन् । एउटा इंग्लिस मीडियालाई दिएको अन्तर्वार्तामा उनलाई यी दुई अभिनेता मध्ये को सँग उनको जोडी धेरै राम्रो देखिन्छ भन्ने प्रश्नमा उनले भनेकी थिइन्, ‘मैले दुवैसित धेरै काम गर्न पाएकी छैन तर रणवीर एकदम फुर्तिला छन् । उनीसँग काम गर्दा छुट्टै मज्जा आउनेछ ।’ त्यस्तै ड्रयागनका बारेमा सोध्दा उनले भनिन्, ‘आयन मेरो मिल्ने साथी हो । म उनीसँग काम गर्न धेरै उत्साहित छु र रणबीरले कसरी त्यस्तो राम्रो अभिनय गर्छन् भनेर पनि जान्न मन छ । मलाई यी दुवैले गाइड गर्नेछन् ।

The post दुई रणवीरसँग देखिँदै आलिया appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3084

Trending Articles