काठमाडौं , जेठ १० । अनमोल क्रिएशनको ब्यानरमा बनेको फिल्म ‘म त तिम्रै हुँ’को शीर्ष गीत सार्वजनिक भएको छ । फिल्मलाई अनमोलकी आमा सुस्मिता केसीले निर्माण गरेकी हुन् ।
गीतमा ज्योत्सना योगी र आकाश श्रेष्ठको फिचरिङ रहेको छ । हर्कुलस बस्नेतको शब्द तथा संगीत रहेको गीतमा निकिता थापाले स्वर दिएकी छिन् ।
श्रीराम महत निर्देशित फिल्ममा आकाश र ज्योत्सना प्रमुख भूमिकामा देखिएका छन् । अनमोल केसी पनि यसै फिल्ममार्फत निर्माताकारुपमा प्रस्तुत भएका छन् ।
फिल्मलाई श्रावण ७ गतेबाट प्रदर्शन ल्याउन निर्माण टीम तयारीमा जुटेको छ ।
भिडियो:
The post अनमोल अब निर्माता, सार्वजनिक भयो फिल्मको शीर्ष गीत (भिडियोसहित) appeared first on Sajha Post.