काठमाडौं, १९ चैत । देश लामो समयदेखि संघीयताको बहसमा छ । अब यो बहस राजनीतिक वृत्तबाट पर्दाको दुनियाँमा पनि देखिने भएको छ ।
संघीयतामा आधारित चलचित्र ‘अपरिचित’को प्रदर्शनसँगै संघीयताको बहसलाई दर्शकले पर्दामा पनि देख्न पाउने भएका छन् । उक्त चलचित्रमा मुलुक संघीयतामा गइसकेपछि संघभित्र पहिचान प्राप्तिको आन्दोलनमा केन्द्रित हुने निर्माण पक्षले जानकारी दिएको छ ।
राजधानीमा पत्रकार भेटघाट गर्दै चलचित्र ‘अपरिचित’ युनिटले चलचित्रको बारेमा जानकारी दिएको हो । चैत २५ बाट उक्त चलचित्र प्रदर्शनमा आउने निर्माण पक्षले जानकारी दिएको छ ।
निर्माता तथा निर्देशक रुपेश थिङका अनुसार जुना फिल्मको ब्यानरमा निर्माण भएको चलचित्र अपरिचितमा प्रज्वल गिरी, ध्रुव कोईराला, सारीका केसी, मोहनकृष्ण श्रेष्ठ, श्रीकृष्ण बर्देवा लगायतको मुख्य भुमिका रहेको छ । तामाङ चलचित्रलाई पृष्ठभुमि बनाएर आएका रुपेश थिङले यहि चलचित्रबाट नेपाली चलचित्रको निर्देशन यात्रा तय गरेका हुन् । यस अघि चलचित्र पर्खाल, कर्मको निर्देशन उनले गरेका थिए ।
चलचित्रका निर्मातामा मिलन लामा र जविन्द्र सुब्बा रहेका छन् भने कार्यकारी निर्माता अमृत थिङ हुन् । फिल्म अपरिचितलाई सञ्चु थोकर लामाले खिचेका छन् भने फिल्ममा श्री श्रेष्ठको द्वन्द्व, सागर परियारको संगीत, प्रविण ढकालको सम्पादन र शंकर बिसीको नृत्य रहेको छ । चाँडो भन्दा चाँडो चलचित्र प्रदर्शन गर्न हौसिएको निर्माण पक्षले उक्त चलचित्रको सबल पक्ष एक्सन भएको बताउँदै आएको छ ।
The post संघीयतामा पहिचानको आन्दोलन अब पर्दामा पनि appeared first on Sajha Post.