Quantcast
Channel: Entertainment – Sajha Post
Viewing all articles
Browse latest Browse all 3084

बुद्ध वर्न इन नेपाल: रमितले बुझ्लान् त अशिस्माको मनको बह ? (भिडियोसहित)

$
0
0

काठमाडौं, ६ जेठ । अभिनेता रमित ढुंगानाद्वारा निर्मित ‘बुद्ध वर्न इन नेपाल’को ‘रिलिज डेट’ नजिकिँदै गर्दा फिल्मको एउटा गीत सार्वजनिक भएको छ ।

Ramit_Asishma

‘मनको बह कसले बुझ्ने’ बोलको गीतमा नायक रमित ढुंगाना र अशिष्मा नकर्मीलाई देखाइएको छ । यस गीतलाई सुरेश अधिकारीले संगीत दिएका हुन् भने विकास विष्टको शब्द रहेको छ ।

गीतमा अशिस्मालाई रमितको प्रेमिकाको रुपमा प्रस्तुत गरिएको छ । फिल्मलाई ज्ञानेन्द्र देउजाले निर्देशन गरेका हुन् भने रमित ढुंगानाले निर्माण गरेका हुन् ।

यस फिल्मले बुद्धको जन्मभूमि नेपाल हो भनेर विश्वसामु चिनाउने लक्ष्य राखेको छ । फिल्म जेठ ७ गतेबाट देशव्यापी प्रदर्शन हुँदैछ ।

भिडियो:

The post बुद्ध वर्न इन नेपाल: रमितले बुझ्लान् त अशिस्माको मनको बह ? (भिडियोसहित) appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3084

Trending Articles