काठमाडौं, ३ जेठ । गत वर्ष नै प्रदर्शनको तयारीमा रहेको फिल्म ‘छेस्को’मा यतिबेला खैलाबैला मच्चिएको छ । जसरी पनि पोर्न स्टार बन्छु भन्दै अभिव्यक्ति दिएर तथा नाङ्गो तस्विरका कारण निकै चर्चामा आएकी अर्चना पनेरुलाई फिल्म ‘छेस्को’मा प्रवेश गराएपछि निर्माण टिम विवादमा तानिएको हो ।
पनेरुलाई फिल्ममा घुसाएर केही भाग पुनःसुटिङ गरेकाले अन्य केही कलाकारहरु फिल्मबाट पन्छिएका छन् । अभिनेत्री पवित्रा आचार्य र अर्की कलाकार राधिका घिमिरेले आफूहरुको सम्पूर्ण दृश्यहरु हटाउन निर्माण यूनिटसँग आग्रह गरेका छन् ।
फिल्ममा अर्चनाको अभिनय रहेकै कारण अन्य सानो भूमिका निभाएका कलाकारहरुलेसमेत आफ्ना दृश्य हटाउन खाजेको बताइन्छ । स्रोतका अनुसार फिल्ममा अर्चनाको थोरै दृश्य र एउटा गीतमामात्र अभिनय रहेको छ । यद्यपी निर्माण यूनिटले अर्चना पनेरु मुख्य कलाकार भन्दै उनको नाङ्गो तस्वीरसहित प्रचार गरिरहेको छ ।
करण क्रेजीले वितरण गर्ने फिल्मलाई हाँस्यकलाकार सुरेश थापाले निर्देशन गरेका हुन् । फिल्म यही जेठ २१ गतेबाट प्रर्दशनमा आउने बताइएको छ ।
The post अर्चनाको प्रवेशले ‘छेस्को’मा खैलाबैला appeared first on Sajha Post.