Quantcast
Channel: Entertainment – Sajha Post
Viewing all articles
Browse latest Browse all 3084

युट्युबमा एक करोड पटक हेरियो ‘ठमेल बजार’

$
0
0

काठमाडौं, ९ फागुन । पछिल्लो समय नेपाली चलचित्रका गीतहरुले राम्रै चर्चा पाइरहेका बेला निश्चल बस्नेत निर्देशित बहुप्रतिक्षित चलचित्र ‘लुट २’ को गीत ‘ठमेल बजार’ युट्युबमा करोडभन्दा बढी पटक हेरिएको छ ।

कालीप्रसाद बाँस्कोटाको शब्द तथा संगीतमा बनेको उक्त गीतमा स्वर कालीप्रसाद बाँस्कोटा, भानुभक्त ढकाल र मीना निरौलाको रहेको छ । गीतमा विक्रम स्वरको कोरियोग्राफी रहेको छ ।

यसअघि नेपाली संगीत बजारमा ‘सुर्के थैली खै’ र ‘पुर्व पश्चिम रेल’ करोडभन्दा बढी पटक हेरिएको थियो ।

भिडियो हेर्नुहोस्:

The post युट्युबमा एक करोड पटक हेरियो ‘ठमेल बजार’ appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3084

Trending Articles