काठमाडौं, ८ फागुन । सुपरहिट गीत ‘साइँली’ शीर्षकमाथि अब फिल्म पनि बन्ने भएको छ ।
शनिबार गरिएको ‘साइली’ लञ्च कार्यक्रममा कलाकार गौरव पहारीले ‘साइँली’ माथि फिल्म बन्ने घोषणा गरेका थिए ।
कलाकार पहारीले आफूहरुले’साइँली’ गीतको भिडियो बनाउँदा नै फिल्म बनाउने योजना बनाएको भन्दै गीतको सफलताले झन फिल्म बनाउन आत्मबल बढेको बताए । गौरवले भने, ‘हामी छिट्टै नै ‘साइँली’ फिल्मको काम सुरु गर्नेछौ ।’
कालिप्रसाद बाँस्कोटाको संगीत तथा शब्द र हेमन्त रानाको स्वर रहेको ‘साइँली’ गीतलाई दर्शक तथा श्रोताले अत्याधिक रुचाइरहेका छन् । युट्युवमा भिडियो हेर्नेको संख्या ३७ लाख नाघिसकेको छ । भिडियोमा गौरव र मेनुका प्रधान फिचरिङ छन् ।
भिडियो हेर्नुहोस्:
The post सपुरहिट ‘साइँली’ अब फिल्ममा देखिने appeared first on Sajha Post.