Quantcast
Channel: Entertainment – Sajha Post
Viewing all articles
Browse latest Browse all 3084

आमिर खानकी छोरी इरा बलिउडमा डेब्यू गर्दै, कोसँग गर्दैछिन् काम ?

$
0
0

मुम्बई । बलिउड सुपरस्टार आमिर खान चाँडोभन्दा चाँडो आफ्नी छोरीलाई फिल्मी क्षेत्रमा प्रवेश गराउन चाहिरहेका छन् । खबरका अनुसार आमिरकी छोरी इराले अब छिट्टै नै बलिउडमा पाइला राख्दैछिन् ।

इरा संगीतकार राम संपतका साथ डेब्यू गर्न लागेकी हुन् । इराले राम संपतको सहयोगीको भूमिकामा बलिउड प्रवेश गर्ने योजना बनाइरहेकी छन् ।

आमिरकी छोरी इरा बच्चैदखि नै संगीतमा विशेष लगाव राख्ने गरेको बताइएको छ । यसैकारण इराले म्यूजिक प्रोडक्शन र व्यवस्थापन गर्नका लागि राम संपतको टीम रोजेकी हुन् । आमिरले राम संपतका साथ फिल्म ‘डेली बेली’ र ‘तलाश’ मा काम गरिसकेका छन् ।

इरा आमिरकी पहिलो पत्नी रीना दत्ता पट्टिको छोरी हुन् ।

 

The post आमिर खानकी छोरी इरा बलिउडमा डेब्यू गर्दै, कोसँग गर्दैछिन् काम ? appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3084

Trending Articles