नयाँ दिल्ली । धूम सिरिजको पछिल्लो संस्करण ‘धुम ४’ लाई लिएर बलिउड बजार तातेको छ । यस फिल्ममा सलमानसँगै अर्का चर्चित नायक पनि देखिने भएका छन् । उनी हुन्, रणवीर सिंह ।
यसराज फिल्मको ब्यानरमा यी दुई स्टारलाई एकसाथ पर्दामा उतार्न लागिएको हो । अझ रोचक कुरा त के भने सलमान फिल्ममा खलनायकको भूमिकामा हुनेछन् । ‘बाजिराव मस्तानी फेम एक्टर’ रणवीरले भने सलमानको पिछा गर्नेछन् ।
फिल्मको टाइटल भने ‘धूम रिलोडिङः द चेज कन्टिन्यूड’ राखिएको छ । यसपटक यशराज ब्यानरले फिल्मलाई यूवा आकर्षित बनाउने सोच राखेकाले सलमान र रणवीर उसको नजरमा परेका हुन् ।
फिल्ममा अभिषेक बच्चन र उदय चोपडा हुने/नहुने खुलाइएको छैन । हाल रणवीर पेरिसमा आफ्नो आगामी फिल्म ‘बेफिक्रे’को शूटिङमा व्यस्त छन् ।
The post ‘धूम-४’मा सलमान खान खलनायक ? अर्का चर्चित नायक पनि देखिने appeared first on Sajha Post.