Quantcast
Channel: Entertainment – Sajha Post
Viewing all articles
Browse latest Browse all 3084

यसै वर्ष विवाह गर्ने मनस्थितिमा सलमान, यी हुन् सलमानकी हुनेवाला !

$
0
0

मुम्बई । बलिउड ‘दबंग’ स्टार सलमान खानको विवाह यही वर्ष हुने सम्भावना प्रवल रहेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । आफू छँदा नै छोराको घरजम होस् भन्ने चाहना उनको आमाको छ ।

salman

आमा बिरामी परेको र आमाको इच्छा पनि यही वर्ष विहे होस् भन्ने रहेकाले सलमान यसैवर्ष विवाह गर्ने मनस्थितिमा पुगेको खबर डेलि भाष्करमा छ ।

यसअघि धेरै प्रेम र विवाहको चर्चा खेपेका सलमान उमेरका हिसाबले निकै परिपक्क भइसकेका छन् । बलिउडमा नयाँ-नयाँ अभिनेत्री भित्र्याउने श्रेष पाएका सलमानले आफ्नो जीवनको ५ दशक पार गरिसकेका छन् ।

विभिन्न नायिकासँग नाम जोडिएर उनी बेलाबेलामा चर्चामा आइरहन्छन् । तर कुनै पनि नायिकासँग उनको सम्बन्ध त्यति लामो समयसम्म टिक्न सकेको थिएन ।

कट्रिना कैफदेखि ज्याकलिन फर्नाण्डेजलगायतका चर्चित नायिकाहरुसँग रोमान्स गरिसकेका सलमानको विवाह भने रोमानियाकी मोडल लुलिया वन्तुरसँग हुने चर्चा छ । उनी झण्डै २ वर्षयता सलमानसँग सबैभन्दा नजिक छिन् । यी दुईलाई कैयन पटक एकसाथ देखिएको छ ।

Salman_Luliya Vantur

 

मिडियामा चलेको हल्लाजस्तै सलमानले यसै वर्ष विवाह गर्लान् या नगर्लान् त्यो भने समयले नै बताउला ।

 

The post यसै वर्ष विवाह गर्ने मनस्थितिमा सलमान, यी हुन् सलमानकी हुनेवाला ! appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3084

Trending Articles