Quantcast
Channel: Entertainment – Sajha Post
Viewing all articles
Browse latest Browse all 3084

रेखा थापाले गरिन् विवाह

$
0
0

३ फागुन, काठमाडाै । चर्चित अभिनेत्री रेखा थापा विवाह गरेकी छन् ।  सोमवार भ्यालेन्टाइन डे को दिनमा रेखाले सबैलाई सरप्राइज दिँदै आफ्नो विवाह वारे खुलासा गरेकी हुन् । उनले आफुले अदालती विवाह गरिसकेको बताएकी छन् ।

आफूले केही दिनअघि बलराम शाही ठकुरीसँग कोर्ट म्यारिज गरेको जानकारी उनले दिएकी छन् । थापा र शाही लामो समयदेखि प्रेममा थिए। ४० वर्षीय शाही ठकुरी हाल अमेरिका बस्दै आएका छन्। उनीहरूले काठमाडौं जिल्ला अदालतमा पुगेर विवाह गरेका हुन्।

थापाले यसअघि निर्माता छविराज ओझासँग विवाह गरेकी थिइन्। उनीहरूले १० वर्षअघि डिभोर्स गरेका थिए। हिरो चलचित्रबाट नेपाली सिने जगतमा डेब्यू गरेकी थापाले हिम्मत, किस्मत, कसले चोर्‍यो मेरो मनलगायत चलचित्रमा अभिनय गरेकी छन्। अभिनयसँगै थापाले विभिन्न चलचित्र निर्माण गरेकी छन्।

३७ वर्षीया थापा पछिल्लो राजनीतिमा पनि सक्रिय भएकी थिइन्। गत मंसिरमा भएको राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशनमा थापा महामन्त्रीमा उठेकी थिइन्। उनी पराजित भइन्।


Viewing all articles
Browse latest Browse all 3084

Trending Articles