Quantcast
Channel: Entertainment – Sajha Post
Viewing all articles
Browse latest Browse all 3084

सुप्रसिद्ध गायिका लता मंगेसकरको निधन

$
0
0

२३ माघ, एजेन्सी । वरिष्ठ भारतीय गायिका लता मंगेसकरको ९२ वर्षको उमेरमा निधन भएको छ । ‘मल्टी अर्गान फेलर’का कारण मंगेसकरकाे आज अस्पतालमा निधन भएकाे भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

स्वास्थ्यमा समस्या देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो । यस अघि उनलाई कोरोना भाइरसको संक्रमणसँगै निमोनिया समेत भएको थियो ।
१३ वर्षको उमेरदेखि गीत गाउन थालेकी लताले करिब ४० हजार गीतमा आवाज दिएकी छन । उनले दर्जनौं नेपाली गीतमा समेत स्वर दिएकी छन ।

उनी फिल्म फेयर पुरस्कारदेखि पद्म भुषण, पद्म विभुषण, राजीव गान्धी पुरस्कार, भारतको सर्वोच्च नागरिक सम्मान भारत रत्न लगायत पुरस्कारबाट सम्मानित भइसकेकी छन् ।


Viewing all articles
Browse latest Browse all 3084

Trending Articles