Quantcast
Channel: Entertainment – Sajha Post
Viewing all articles
Browse latest Browse all 3084

लडाकु बनेपछि म्यानमारकी ब्युटी क्विन भन्छिन्- देशको लागि ज्यान दिन तयार छु

$
0
0

एजेन्सी, १ जेष्ठ । म्यानमारकी ‘ब्युटी क्विन’ तार तेत तेतले सेनाविरुद्ध लड्न भन्दै सैन्य तालिम लिइरहेकी छन् । उनी जातीय लडाकु समूहको सैन्य तालिममा केही हप्तादेखि सामेल हुँदै आएकी छन् ।

हालै तेतले जंगलमा राइफल बोकेर हिडेको तस्बिर सामाजिक सञ्जालमा पोष्ट गरेकी छन् । उनले एसल्ट राइफल लिएको हतियार पोष्ट गर्दै आफू सेनाविरुद्ध लड्न तयार भएको बताइन् । ‘लड्ने समय आएको छ’, उनले फेसबुकमा लेखेकी छन् ।

बत्तीस वर्षीया तेतलाई कालो कम्ब्याट ड्रेस लगाएर एसल्ट राइफल बोकेको देख्न सकिन्छ। ‘मैले सकेसम्म लड्ने छु । म तयार छु र सबै कुरा त्याग्न तयार छु’, तेतको स्टेटसमा लेखिएको छ, ‘म मेरो जीवन अर्पण गर्न समेत तयार छु ।’

त्यस्तै तेतले चे ग्वेभाराको भनाइ उदृत गर्दै आफ्नो ट्विटरमा राइफल बोकेका तीन तस्बिर र अध्ययन गर्दै गरेको एक तस्बिर राखेकी छन् । ‘क्रान्ति भनेको पाकेपछि झर्ने स्याउ जस्तो होइन, यसलाई हामी आफैले ल्याउनुपर्छ (चे ग्वेभारा), यसलाई हामीले जित्नुपर्छ ।’

तेतले सन् २०१३ मा थाइल्याण्डमा आयोजित प्रथम ग्राण्ड इन्टरनेशनल ब्युटी प्याजेन्टमा म्यानमारको प्रतिनिधित्व गरेकी थिइन् ।

तेत जिमन्यास्टिककी प्रशिक्षक समेत हुन् । उनले विभिन्न चलचित्रमा समेत अभिनय गरेकी छन् । अप्रिलको अन्त्यतिर एकजना साथीसँगै जंगल छिरेकी उनले करेन नेशनल डिफेन्स अर्गनाइजेशन र युनाइटेड डिफेन्स फोर्ससँग सैन्य तालिम सुरु गरेकी हुन् ।

तेतले आफ्नो पछिल्लो फेबबुक पोष्टमा क्रान्तिका लागि आफूले ४१ दिनदेखि तालिम लिइरहेको जानकारी गराएकी छन् । उनले सैन्य ‘कु’पछि सेनाको विरोध गर्दै आएकी छन् ।

फेब्रअरीमा सेनाले आफ्नो हातमा सत्ता लिएपछि म्यानमारमा प्रदर्शन भइरहेका छन् । शान्तिपूर्ण प्रदर्शन गरिरहेका प्रदर्शनकारीमाथि सेनाले गोली चलाउँदा हालसम्म झण्डै आठ सय जनाकोज्यान गएको छ ।

The post लडाकु बनेपछि म्यानमारकी ब्युटी क्विन भन्छिन्- देशको लागि ज्यान दिन तयार छु appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3084

Trending Articles