Quantcast
Channel: Entertainment – Sajha Post
Viewing all articles
Browse latest Browse all 3084

चर्चित मोडेल एवं गायक निक कामेनको निधन

$
0
0

एजेन्सी, २३ बैशाख । बेलायतका चर्चित मोडेल एवं गायक निक कामेनको निधन भएको छ । लामो समयदेखि बोन म्यारो (हड्डीको मासी) क्यान्सरबाट पीडित कामेनको ५९ वर्षको उमेरमा निधन भएको हो ।

कामेनले प्रख्यात गायिका म्याडोनासँग समेत काम गरेका थिए । कामेनको निधन भएको खबर बाहिर आएपछि म्याडोनाले आफू निकै दु:खी भएको बताएकी छन् ।

‘तपाईंको निधन भएको सुन्दा मेरो मन निकै दुखेको छ’, उनले आफ्नो इन्स्टाग्राममा कामेनसँगै खिचेको फोटो राख्दै लेखेकी छन्, ‘तपाईं सँधै दयालु र राम्रो मान्छे हुनुहुन्थ्यो र तपाईंले धेरै नै पीडा पाउनु भयो ।’

त्यस्तै गायक ब्वाइ जर्ज, लिजी कुन्डी लगायतका सेलिब्रिटीले समेत कामेनप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् । ‘सबैभन्दा सुन्दर र राम्रो मान्छे निक कामेनप्रति हार्दिक श्रञ्जाञ्जली’, जर्जले कामेनसँगको फोटोसहित इन्स्टाग्राममा लेखेका छन् ।

अमेरिकाको कपडा कम्पनी लेभीका विभिन्न विज्ञापनमा खेलेपछि कामेन चर्चाको शिखरमा पुगेका थिए । उनले १८ वर्षको उमेरमा लेभीको ५०१ विज्ञापनमा अभिनय गरेका थिए ।

उक्त विज्ञापनमा देखेपछि म्याडोनाले कमेनको पहिलो गीत ‘इच टाइम यु ब्रेक माइ हार्ट’ लेखेकी र पार्श्व स्वर (ब्याकिङ भोकल) दिएकी थिइन् । सन् १९८६ मा सार्वजनिक भएको सो गीत निकै चर्तित बन्दै उत्कृष्ट १० मा पर्न सफल भएको थियो ।

एक पटक म्याडोनाले बिबिसी रेडियोसँगको एक अन्तर्वार्तामा कfमेनको ‘जादू’ र ‘मीठो स्वर’बाट प्रेरित भएको बताएकी थिइन् । कामेनले आफ्नो अन्तिम एल्बम ‘ह्वाटएभर’ सन् १९९२ मा सार्वजनिक गरेका थिए ।

The post चर्चित मोडेल एवं गायक निक कामेनको निधन appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3084

Trending Articles