एजेन्सी, २१ बैशाख । माइक्रो ब्लगिङ साइट ट्विटरले बलिउड अभिनेत्री कंगना रनौतको खाता (ट्विटर अकाउन्ट) बन्द गरेको छ । ट्विटरको नियमविपरीत पोष्ट गरेको भन्दै कंगनाको खाता बन्द गरिएको हो ।
कंगनाले विधानसभा चुनावको मतपरिणामपछि पश्चिम बंगालमा भएको भनिएको हिंसाबारे ट्विटरमार्फत् निरन्तर टिप्पणी गरेकी थिइन् ।
कंगनाले ममता बनर्जीको दल टिएमसीले पश्चिम बंगालमा चुनाव जितेपछि राष्ट्रपति शासन लागू गर्नुपर्ने बताएका थिइन् ।
यही भएर उनको ट्विटर खाता बन्द गरिएको हुन सक्ने भारतीय समाचार माध्यमले जनाएका छन् ।
The post ट्विटरद्वारा बलिउड अभिनेत्री कंगना रनौतको अकाउन्ट बन्द appeared first on Sajha Post.